Play

विश्वकै कान्छी भागवतवाचिका अनुराधा पाण्डे पोखरामा, शुक्रबारबाट कोटीहोममा कथाबाचन हुँदै

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा धार्मिक व्यक्तित्वहरुले कथा बाचनगर्ने क्रम शुक्रबार बाट शुरु हुँदै छ ।

यसक्रममा महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छी भागवतवाचिका अनुराधा पाण्डेय भारतबाट काठमाडौँ हुँदै बिहिबार पोखरा आएकी छन। बिहिबार साँझ उनि पोखरा बिमानस्थलमा अवतरण भएकी छन ।

बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा यहि चैत्र २९ गते शुक्रबारबाट केहि दिन कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल, कास्की शाखाले जानकारी दिएको छ । शुक्रबार बिहान ११ बजेबाट उनको प्रवचन शुरु हुने बताइएको छ ।

मानव सेवा फाउण्डेशनका अनुसार बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञ अन्तर्गत अहिले प्रचार प्रसारका कामहरु अगाडी बढेका छन महायज्ञको लागि मूल समिति र विभिन्न उपसमितिहरु समेत गठन गरि जिम्मेवारी तोकिएको छ ।

पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम कोटीहोमका भक्तजनलाई आशिर्बचन दिने कार्यक्रम रहेको छ।

२८ चैत्र २०८१, बिहीबार २१:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा