Play

नजरबन्दमा रहेका सुबेदीले भने- राजालाई पक्राउ वा नजरबन्दमा राखिए देशभरबाट स्वतस्फुर्त रुपमा बिद्रोह हुन्छ

गुरुकुल खबर


पोखरा, राजसंस्था पुनस्थापनाको लागि शुरु भएको संयुक्त जनआन्दोलन समितिका संयोजक नबराज सुबेदीले सरकारबाट नियोजित रुपमा घुषपैठ र अनपेक्षित प्रहरी दमनका कारण शुक्रबार आयोजित प्रदर्शन हिंसात्मक बनेको बताएका छन।शनिबार एक बिज्ञप्ती जारी गर्दै उनले सभामा उपस्थित नागरिक माथि अश्रुग्यास र गोलि प्रहार गर्ने, तोडफोड र आगजनी गराई आतंक सिर्जना गर्ने काम सरकारपक्षबाट नै भएको दाबि गरेका छन। ८७ बर्षीय बृद्ध सुबेदीलाई सरकारले नजरबन्दमा राखेको भएपनि उनको नामबाट यो बिज्ञप्ती सार्बजनिक भएको हो।

आन्दोलनको कुनै पनि घटनामा संलग्न नभएका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न वारेन्ट जारी गर्ने र अन्य केहि सहयोद्धा रबिन्द्र मिश्र, धवल शमशेर र स्वागत नेपाल लगायतलाई पक्राउ गरिएको र स्वयम् आँफुलाई नजरबन्दमा राखिएको उनले स्पष्ट पारेका छन। बिज्ञप्तीमा भनिएको छ,” श्री ५ महाराजधिराजलाइ समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्धेश्यले नजरबन्दमा राख्ने वा पक्राउ गर्ने तयारी भैरहेको भन्ने कुरा सार्बजनिक भैरहेको भन्दै त्यस्तो भएमा देशभरबाट आमसर्बसाधारण स्वतस्फुर्त रुपमा बिरोधमा उत्रिने छन भन्ने जानकारीमा आएको छ।” यस्तो प्रयास गरिएको हो भने हामी घोर भर्त्सना गर्दछौं सुबेदीले भनेका छन।

जनचाहना र जनबिद्रोहबाट हुने आन्दोलनको अगुवाई र नेतृत्व पनि जनताले नै गर्छन भन्दै बिज्ञप्तिमा जनताले दमन र बर्बरता बिरुद्ध देशभर शान्तिपूर्ण रुपले आन्दोलन गर्ने र जनता अगाडी लागेर जनचाहना अनुरुप हुने आन्दोलनमा आफुहरुको सहयोग र समर्थन रहने समेत स्पष्ट पारेका छन। सुबेदीले देशभक्त जनताको आन्दोलन जारी रहेको तर धमिलो पानीमा माछा मार्ने प्रयास कतैबाट नहोस भन्ने चेतावनी समेत उनले बिज्ञप्तीमार्फत दिएका छन।

 

१६ चैत्र २०८१, शनिबार १४:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा