Play

नेकपा एमाले सम्बद्ध प्रेस चौतारीको महाधिबेशन: अध्यक्षमा पाण्डे, महिला उपाध्यक्षमा पोखराकी भण्डारी

नीति आयोगको अध्यक्षमा पोखराका दिपेन्द्र, केन्द्रीय सदस्यमा पोखराका सुमन, तारा र कृष्ण


गुरुकुल खबर


पोखरा,  नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्षमा गणेश पाण्डेलाई  चयन गरिएको छ । लम्जुंगबाट पत्रकारिता शुरु गरेका पाण्डे पछिल्लो समय काठमाडौँमा बसेर पत्रकारिता संगै राजनीतिमा समेत सक्रिय छन।

प्रेस चौतारीको विभिन्न पदमा रहेर काम गरिसकेका पाण्डे यस अगाडी चौतारीको केन्द्रीय समितिको उपाध्यक्ष रहेर काम गरेका थिए। उनि पछिल्लो समय विभिन्न डकुमेन्ट्री निर्माणमा समेत सक्रिय छन् उनले बनाएका डकुमेन्ट्री देश विदेशमा समेत पुरष्कृत भएका छन।

बिराटनगरमा सम्पन्न प्रेस चौतारीको महाधिबेशनले निर्बाचन प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्ने माग अध्यक्षका अर्का आकान्क्षी राजेश राईको रहेको भएपनि निर्बाचन प्रक्रिया नहुने भएपछि राईले आफ्नो दाबी छोडेका थिए। त्यसपछि पाण्डे सहितको नयाँ टिमलाई निर्बिरोध घोषणा गरिएको थियो ।

चौतारीका निबर्तमान अध्यक्ष गणेश बस्नेतले संस्थाको नयाँ अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी एबम महासचिवमा हिरामान लामाको नाम घोषणा गरेका थिए । यसैगरी उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरुमा बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारीलाई पनि निर्बिरोध घोषणा गरिएको थियो ।

गण्डकी प्रदेशबाट केन्द्रीय समितिको अध्यक्षमा लम्जुंगका गणेश पाण्डे र महिला उपाध्यक्षमा पोखराकी कृपा भण्डारी चयन भएका छन। यसैगरी गण्डकी प्रदेशको इन्चार्जमा पर्वतका गणेश पौडेल, खुल्ला केन्द्रीय सदस्यमा पोखराका सुमन ढुंगाना, महिला केन्द्रीय सदस्यमा पोखराकी तारा चापागाईं दुबे चयन भएका छन ।

गण्डकी प्रदेशबाट हुने चारजना केन्द्रीय सदस्यमा पोखराका कृष्ण थापा सहित गणेश गिरि, हिमाल पगेनी र सिर्जना पन्तलाई चयन गरिएको छ। यसैगरी प्रेस चौतारी नेपालको केन्द्रीय नीति अनुसन्धान आयोगको अध्यक्षमा पोखराका दिपेन्द्र श्रेष्ठलाई चयन गरिएको छ।

केन्द्रीय समितिमा निर्बिरोध घोषणा भएकाहरुको नामावली  यस प्रकार छ ।

 

१२ चैत्र २०८१, मंगलवार १०:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा