Play

शिक्षा ज्योति सहकारीको अधिवेशन सम्पन्न, दुर्गाराज बरालको अध्यक्ष रहेको नयाँ समिति चयन

गुरुकुल खबर


पोखरा, शिक्षा ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको १५औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दुर्गाराज बराल अध्यक्ष रहेको नयाँ सञ्चालक समिति गठन गरेको छ। बराल यस अगाडी पनि संस्थाको अध्यक्षको जिम्मेवारीमा थिए अधिबेशन सम्पन्न गर्न देवीप्रसाद वस्ताकोटीको संयोजक एबम शिवमणि भण्डारी र रजनी भुजेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। सोही समितिले बराल अध्यक्ष रहेको नयाँ सञ्चालक समिति चयन गरेको हो।

अधिवेशनको उद्घाटन नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेले गरेका थिए। कार्यक्रममा नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्री, संस्थाका सल्लाहकार वसन्त पाण्डेसहित सस्थाको बिभिन्न जिम्मेवारीमा रहेका यमनाथ सापकोटा, ऋषिकेशव सुवेदी, कुलदेवी बराल, रमेश भट्टराई र शर्मिला बराल लगायतले आफ्नो भनाई राख्दै सहकारीको उद्देश्य, सदस्यहरूको आर्थिक तथा सामाजिक हित, आपसी सहयोग र सहकार्यको महत्त्वबारे प्रकाश पारेका थिए।

संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संस्थाका उपाध्यक्ष तारानाथ भण्डारी, संस्थाका सचिव कृष्णप्रसाद तिमिल्सिना, लगायतले संस्थाका बिबिध गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए कार्यक्रममा शेयर सदस्य डा. शुशिल शर्मा र डा. गणेश शर्मालाई बिधावारिधि गरेकोमा सम्मान गरिएको थियो भने तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट नतिजा प्राप्त गर्ने शेयर सदस्यका छोराछोरी लाई सम्मान समेत गरिएको संस्थाका सचिब एबम नेपाल शिक्षक संघ पाेखराका अध्यक्ष तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए।

३० आश्विन २०८३, शुक्रबार १४:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा