Play

कांग्रेस महाधिबेशन: युवा उधमी किरणसहित तिलक र कृष्ण बिजयी हुँदा कास्कीका सभापति बरालको पराजय

गुरुकुल खबर


पोखरा, पोखराका युवा उद्यमी किरण केसी नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कास्की क्षेत्र न. २ बाट महाधिबेशन प्रतिनिधि बनेपछि उनि पार्टीको केन्द्रिय महाधिबेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यको उमेदवार बनेकोमा लोकप्रिय मतका साथ निर्बाचित भएका हुन। केसी ४५ जना निर्बाचित सदस्यहरुमध्ये २ हजार ७७४ मत प्राप्त गरेर २८ औं स्थानमा रहेका छन। यसैगरी कास्कीका केसीसंगै तिलक रानाभाट र डा. कृष्णप्रसाद पौडेल पनि सोहि क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्बाचित भएका छन। पौडेलले २ हजार ४५५ र रानाभाटले २ हजार ४४४ मत पाएका छन।

रानाभाट यस अगाडी बिशेष महाधिबेशनबाट केन्द्रीय सदस्य बनेको र पौडेल काठमाडौँमा बसेर पार्टीको बिभिन्न विभागमा काम गरेको भएपनि केसी पहिलो प्रयासमै खुल्लातर्फबाट बिजयी भएका हुन्। सोहि क्लस्टरबाट उमेदवार बनेका कास्की कांग्रेसका सभापति किशोरदत्त बराल भने १३५ मत नपुगेको कारण पराजित बनेका छन। बराल ४८ औं स्थानमा पुगेको छन। कास्कीबाट केन्द्रीय सदस्यमा उमेदवार बन्नेहरुको संख्या २० भन्दा बढी रहेपनि खुल्ला क्लस्टरबाट केसी, पौडेल र रानाभाट एबम खुला महिला क्लस्टरबाट लक्ष्मी पाण्डेमात्र बिजयी भएका छन ।

किरण केसी को हुन ? 

खुलातर्फ ४५ पदका लागि भएको निर्वाचनमा ८९ जना प्रतिस्पर्धामा रहेकोमा केसीलाई २८ औं स्थानमा रहेर निर्वाचित भए । उनले २ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् । पोखराका राजनीतिकर्मी एबम प्रतिष्ठित उधोगी सुर्यबहादुर केसीका छोरा किरणले केसी ग्रुप अफ कम्पनिजको निर्देशकको रूपमा रहेर काम गरिरहेका छन। संघिय संसदको सदस्य एबम तत्कालिन पोखरा नगर पंचायतका प्रधानपन्च समेत रहेका केसीको निधनपछि छोरा किरणले आँफुलाई राजनीतिमा स्थापित गर्न अभियान शुरु गरेका हुन। उनि कांग्रेसको १४ औं महाधिबेशनमा पनि कास्की क्षेत्र न. २ बाट महाधिबेशन प्रतिनिधि निर्बाचित भएका थिए।

वित्तीय क्षेत्रतर्फ सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा निर्देशक रहेका किरण माछापुच्छ्रे बैंक लिमिटेड र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, निर्माण तथा हस्पिटालिटी क्षेत्रमा नेपालको ‘क’ वर्गको निर्माण कम्पनीको रूपमा केसी कन्स्ट्रक्सन फर्म र केसी कन्स्ट्रक्सन प्रालि तथा जयभद्रकाली डेभलपर्स कम्पनी प्रालिको बिभिन्न जिम्मेवारीमा छन ।

सूर्योत्थान लक्जरियस अपार्टमेन्ट, पोखरा होम्स प्रालि र जयभद्रकाली होटेलियर्स प्रालिमा पनि उनी निर्देशक छन् । शिक्षा तथा फिटनेस क्षेत्रतर्फ पोखराको काजीपोखरीस्थित कालिका मल्टिपल क्याम्पसको अध्यक्ष र पोखरा स्कुल अफ टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्टसँग पनि उनी जोडिएका छन् । जलविद्युत विकासको क्षेत्रमा किरण केसी र केसी ग्रुपको लगानी र नेतृत्व अग्रपंक्तिमा छ ।

सिक्लेस हाइड्रोपावर लिमिटेड (१३ मेगावाट) मा २०७२ देखि निर्देशक र २०८२ देखि अध्यक्षको रूपमा कार्यरत किरणले एम्पिक एनर्जी प्रालि (१३२ मेगावाट), अपर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालि (१०२ मेगावाट) र सुभानकित हाइड्रोपावर प्रालि (८ मेगावाट) मा अहिले नेतृत्व गरिरहेका छन् । साना ठूला १० वटाभन्दा बढी जलविद्युत आयोजनाको नेतृत्व अहिले किरणले गरिरहेका छन् । व्यवसायिक क्षेत्रमा सफलता पाइरहेका केसिको राजनीतिक यात्रालाई कतिपयले महत्वका साथ हेरेका छन ।

खुला तर्फको केन्द्रीय सदस्यमा निर्वाचित एबम अन्य उम्मेदवारहरूले प्राप्त गरेको मत विवरण

क्र.सं. उम्मेदवारको नाम प्राप्त मत मत प्रतिशत (%) परिणाम
१ चिरी बाबु महर्जन ५,३३० ७७.५% निर्वाचित
२ निश्चल राई ४,९५६ ७२.०% निर्वाचित
३ इन्द्रबहादुर बानियाँ ४,७३२ ६८.८% निर्वाचित
४ प्रा.डा. गोविन्दराज पोखरेल ४,४५६ ६४.८% निर्वाचित
५ ई. मोहन आचार्य ४,३७० ६३.५% निर्वाचित
६ जितनारायण श्रेष्ठ ४,३४७ ६३.२% निर्वाचित
७ प्रवल थापा ४,१७५ ६०.७% निर्वाचित
८ गणेश लामा ३,९२५ ५७.०% निर्वाचित
९ राजिव कोइराला ३,९१३ ५६.९% निर्वाचित
१० हिमाल दत्त श्रेष्ठ ३,७३४ ५४.३% निर्वाचित
११ डा. शोभाकर पराजुली ३,४८८ ५०.७% निर्वाचित
१२ विद्वान गुरुङ ३,४६८ ५०.४% निर्वाचित
१३ अर्जुन प्रसाद जोशी ३,३९३ ४९.३% निर्वाचित
१४ ई. अमृत जवाली ३,३४९ ४८.७% निर्वाचित
१५ ई. नवराज त्रिपाठी ३,२७१ ४७.५% निर्वाचित
१६ सन्दीप राना ३,२६३ ४७.४% निर्वाचित
१७ भरत कुमार शाह ३,१८५ ४६.३% निर्वाचित
१८ नरेन्द्र कुमार केरुङ ३,१६४ ४६.०% निर्वाचित
१९ मिन कृष्ण महर्जन ३,१०० ४५.१% निर्वाचित
२० वलदेव तिमल्सिना ३,०७१ ४४.६% निर्वाचित
२१ महेश खटेड ३,०२८ ४४.०% निर्वाचित
२२ जन्मजय तिमिल्सिना २,९७० ४३.२% निर्वाचित
२३ युवराज पाण्डेय २,९४६ ४२.८% निर्वाचित
२४ कुमार लुइटेल २,८८० ४१.९% निर्वाचित
२५ ई. ऋषि कोइराला २,८६१ ४१.६% निर्वाचित
२६ ई. दिपक बाबु कँडेल २,८५१ ४१.४% निर्वाचित
२७ उज्जवल प्रसाद बस्याल २,८२२ ४१.०% निर्वाचित
२८ किरण के.सी. २,७७४ ४०.३% निर्वाचित
२९ दिपक भट्टराई २,७६३ ४०.२% निर्वाचित
३० महेन्द्र कुमार शर्मा २,६४७ ३८.५% निर्वाचित
३१ डा. सुरज राज काफ्ले २,६१३ ३८.०% निर्वाचित
३२ डा. मुकेशराज काफ्ले २,५९९ ३७.८% निर्वाचित
३३ मदन कृष्ण श्रेष्ठ २,५८६ ३७.६% निर्वाचित
३४ प्रमोदहरि गुरागाई २,५५९ ३७.२% निर्वाचित
३५ लेखनाथ पोखरेल २,४९५ ३६.३% निर्वाचित
३६ किरण किशोर घिमिरे २,४७१ ३५.९% निर्वाचित
३७ रवि सिंह २,४५९ ३५.७% निर्वाचित
३८ डा. कृष्ण प्रसाद पौडेल २,४५५ ३५.७% निर्वाचित
३९ तिलक बहादुर रानाभाट २४४४ ३५.५% निर्वाचित
४० प्रदिप कुमार सुनुवार २,४३० ३५.३% निर्वाचित
४१ प्रकाश सिंह कार्की २,४१९ ३५.२% निर्वाचित
४२ डा. मुक्तिराम श्रेष्ठ २,३५७ ३४.३% निर्वाचित
४३ कृष्ण रिजाल २,३४२ ३४.०% निर्वाचित
४४ निलकण्ठ रिजाल २,३०५ ३३.५% निर्वाचित
४५ सुधान्सु कोइराला २,२५६ ३२.८% निर्वाचित

अन्य उम्मेदवारहरू

क्र.सं. उम्मेदवारको नाम प्राप्त मत मत प्रतिशत (%)
४६ श्याम कुमार घिमिरे २,२२० ३२.३%
४७ कविर राणा २,१४३ ३१.१%
४८ किशोर दत्त बराल २,१२१ ३०.८%
४९ चित्र बहादुर के.सी. २,११८ ३०.८%
५० भिम प्रसाद ढुंगाना २,१०० ३०.५%
५१ सन्तोष सुब्बा २,०९९ ३०.५%
५२ टेकराज पौडेल २,०९६ ३०.५%
५३ उत्तम जोशी २,०२२ २९.४%
५४ केशव थापा १,९८८ २८.९%
५५ मधुरा प्रसाद घिमिरे १,९४७ २८.३%
५६ अनिल कृष्ण प्रसाई १,९२३ २७.९%
५७ भिम सिंह गुरुङ (भिम दाई) १,९१८ २७.९%
५८ पुष्पबहादुर शाह १,८५३ २६.९%
५९ खडकबहादुर बुढा १,८२४ २६.५%
६० जगत प्रसाद जोशी १,७६९ २५.७%
६१ रमेश रायमाझी १,७०३ २४.७%
६२ छत्र बहादुर गिरी १,७०१ २४.७%
६३ कविता तिवारी (जेहे) १,६९५ २४.६%
६४ चिरञ्जीवी थापा १,६८९ २४.५%
६५ ताजेन्द्र खत्री के.सी. १,६५७ २४.१%
६६ अष्ट कुमार कवे १,६३६ २३.८%
६७ गोरख (आनन्द) विष्ट १,५६९ २२.८%
६८ तुलसि नारायण श्रेष्ठ १,५१९ २२.१%
६९ खेलराज पाण्डेय १,५१० २१.९%
७० दोर्ण कुमार कुँवर १,५०६ २१.९%
७१ धर्मराज गौतम १,४७५ २१.४%
७२ हरि प्रसाद आचार्य १,४७३ २१.४%
७३ इंछु राम राना १,४७१ २१.४%
७४ केशव बहादुर चन्द १,४६२ २१.२%
७५ गोविन्द बहादुर शाह (शम्भु) १,४४८ २१.०%
७६ राधाकृष्ण भण्डारी (राधे) १,४१४ २०.५%
७७ सचित शर्मा १,४०३ २०.४%
७८ सकल देव सतियात १,३९१ २०.२%
७९ विष्णु कुमार कार्की १,३०९ १९.०%
८० दिलिप कुमार ढुंगाना १,२५५ १८.२%
८१ दिलमान सिंह चन्द १,२०५ १७.५%
८२ बीत मणी ढकाल १,०७६ १५.६%
८३ पुष्प राज भट्ट १,०२४ १४.९%
८४ खेमराज ओली १,००९ १४.७%
८५ सुदेश सुवेदी १,००४ १४.६%
८६ मुरारी प्रसाद आचार्य ९८४ १४.३%
८७ ऋषि प्रसाद शर्मा ९२५ १३.४%
८८ प्रवीण कुमार सिंह ९०८ १३.२%
८९ प्रभात मणी ओझा (प्रविण) ७९३ ११.५%

३० आश्विन २०८३, शुक्रबार १३:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा