Play

मुस्ताङको एकमात्र क्याम्पसमा स्ववियु निर्बाचनमा सहमति, अखिललाई सभापति, नेविसंघलाई उपसभापति

गुरुकुल खबर


मुस्ताङ,  हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्मत चयन गरिएको छ । आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार उक्त क्याम्पसमा आपसमा सहमति गरेर मनोनयपत्र दर्ता गरिएको हो  दर्ता भएका विद्यार्थी संघ/संगठनबिचको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरेर सोहि अनुसार उमेद्वारी दर्त गरिएको हो ।

क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यक्रम अगावै मुस्ताङको उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने दिन आजै दर्ता भएका सङ्घ/सङ्गठनको सहमतिमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

नौ जनाको कार्यसमितिमा सभापति सहित चार जना नेकपा एमाले समर्थित अनेरास्ववियुबाट र उपसभापति सहित चार जना नेपाली काँग्रेस समर्थित नेविसंघबाट प्रतिनिधित्व गरेका छन । नेकपा एकीकृत समाजबादी समर्थित अनेरास्ववियुबाट एक जनालाई स्ववियुको सदस्यमा राखिएको छ ।

जस अनुसार उक्त सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुकी अञ्जु परियार सर्वसम्मत निर्वाचित भएकी छिन् । उपसभापतिमा नेपाली कांग्रेस निकट नेविसङ्घका सुदीप भर्ती थकाली, सचिवमा उपदेश चौधरी (नेविसङ्घ), सहसचिवमा धीरज परियार (अनेरास्ववियु) र कोषाध्यक्ष पदमा निशा गौचन (नेविसंघ) सर्वसम्मत निर्वाचित भए ।

यसैगरी सदस्यमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट देवराज लामिछाने, अनेरास्ववियुबाट अशोक भण्डारी र कमल गुरुङ, नेविसङ्घबाट मनिका विक निर्वाचित भएकी क्याम्पस प्रमुख थकालीले जानकारी दिए ।

२६ फाल्गुन २०८१, सोमबार २२:२६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा