Play

कांग्रेसको स्थानीय तह समन्वय बिभाग र यातायात ब्यबसायी समन्वय विभागमा सदस्यको मनोनयन

गुरुकुल खबर


पोखरा,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा विभिन्न जिल्लाका विभिन्न व्यक्तिहरूलाई मनोनयनगरेका छन ।

विभागमा मनोनित सदस्यहरुमा गीता सत्याल- ललितपुर, उमा थापा- बाँके, विनोद यादव- महोत्तरी, रविन राई- मोरङ र डा. हेमराज लामिछाने- चितवन रहेका छन।  यसैगरी उक्त विभागमा मनोनित अन्य सदस्यहरुमा पुरुषोत्तम नेपाल- काभ्रेपलाञ्चोक, राजु गुरूङ – गोरखा, बाबुकृष्ण सापकोटा- धादिंग , गोरख बहादुर सुनार- जुम्ला र  निर्प खड्का-  कैलाली रहेका छन।

यसैगरि कांग्रेस सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँइ प्रमुख रहेको नेपाली कांग्रेस सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागको सदस्यमा जमुनादेवी पोख्रेल- सुनसरी, प्रवेश चौधरी- धनुषा, प्रकाशकुमार नेपाल- रुपन्देही, संगिता कुमारी थारू- बाँके, केदारनाथ पौडेल- वर्दिया, रामप्रसाद सुवेदी- चितवन, नरबहादुर विश्वकर्मा (नविन)- सुर्खेत, उमेश के.सी.- बाग्लुङ, होमबहादुर कुँवर- कञ्चनपुर र राजकुमार गुरुङ- चितवनलाई मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले गुरुकुल खबरलाई जानकारी दिए

 

१२ फाल्गुन २०८१, सोमबार २१:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा