Play

कालिका बहुमुखी क्याम्पसमा नेविसंघको अधिबेशन, अध्यक्षमा आविष्कार

गुरुकुल खबर


पोखरा, नेपाल विद्यार्थी सङ्घ कास्कीले विभिन्न क्याम्पसहरुमा अधिबेशन गर्ने क्रममा पोखराको कालिका बहुमुखी क्याम्पसमा पनि अधिबेशन सम्पन्न भएको छ अधिबेशनले आविष्कार सारु मगर अध्यक्ष रहेको १७ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ ।

अधिबेशनको शुरुवातमा बोल्दै नेविसंघ कास्कीका पूर्व अध्यक्ष एबम नेपाली कांग्रेसका युवा नेता कल्याणबाबु भण्डारीले व्यवहारिक र व्यावसायिक शिक्षा भएमा मात्र देशको चौतर्फी विकास हुने बताए।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य एवं कालिका क्याम्पसमा अधिबेशन गर्न खटिएका केन्द्रीय प्रतिनिधि निर्दोष विक्रम पौडेलले हरेक सकारात्मक परिवर्तनका सम्बाहक बिधार्थीहरु हुन भन्दै बिधार्थीहरुले क्याम्पस र विश्वबिद्यालयमा भोग्नुपर्ने समस्या समाधानमा नेपाली काँग्रेस गम्भीर बन्नुपर्नेमा जोड दिए।

तरुण विभागका निवर्तमान केन्द्रीय सदस्य सन्देश ढुङ्गानाले युवा र विद्यार्थीहरुले देश निर्माणमा अतुलनीय योगदान दिएको बताए ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य तथा मगर बिधार्थी सङ्घका केन्द्रीय महामन्त्री संजय आलेले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई सम्मान गर्दै सबै विद्यार्थीको हक हितको लागि नेविसंघ सदैब क्रियाशील रहेको बताए ।

कार्यक्रममा नेविसंघ कालिका बहुमुखी क्याम्पसका निबर्तमान सभापति सागर पौडेल, नेपाल विद्यार्थी सङ्घ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका सभापति महेशमणि पौडेल लगायतले आआफ्नो भनाई राखेको संघका केन्द्रीय सदस्य निर्दोसबिक्रम पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

८ फाल्गुन २०८१, बिहीबार २०:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा