Play

घान्द्रुक पर्यटन महोत्सव शुरु, घान्द्रुकको मौलिकता जोगाउन आबश्यक – अध्यक्ष केसी

गुरुकुल खबर


पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ मा पर्ने घान्द्रुकमा बुधबारदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु भएको महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ । घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धिको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताए ।

अध्यक्ष केसीले घान्द्रुक आवतजावत गर्ने सडक सहज बन्दै गएकाले पर्यटकलाई आकर्षण गर्नका निम्ति घान्द्रुकको मौलिकता जोगाउन आवश्यक रहेको विचार राखे । ‘सबैले हेर्न आउने गाउँ, आज कहिकहि बिग्रे जस्तो देखिन्छ, मेरो आग्रह छ संरचना जसरी बनाए पनि त्यसलाई फेरी मौलिकतामा ढालौं,’, उनले भने, ‘अब घान्द्रुक आउने सडक बन्दै छ, कलाभीरको अप्ठ्यारो बाटो बन्दै छ, पर्यटक घान्द्रुक आउन कुनै समस्या छैन । उनले घान्द्रुक पर्यटन क्षेत्र भएकाले यसको विकास गर्ने गाउँपालिकाको कर्तव्य भएको समेत बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखरा प्रमुख डा रविन कडरियाले घान्द्रुकबाट एबिसी, पुनहिल घोडेपानी लगायतका पदमार्गसँग जोडिएकाले घान्द्रुक पर्यटकको हबको रुपमा अगाडि बढेको बताए । कडरियाले भने, ‘घान्द्रुक आउने पर्यटक संस्कृति र प्रकृतिसँग रमाउने भएकाले घान्द्रुकबासीले आफ्नो संस्कृति जोगिने गरी संरचना बनाउन आवश्यक छ ।’

समारोहमा घान्द्रुक कल्चर रिसोर्टका सञ्चालक कुलप्रसाद गुरुङलाई सम्मान गरिएको थियो । घान्द्रुकमा एकै दिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताका ६० होटल र ३० होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।

घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत लामा गुरुङले बिहीबारदेखि खुला क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु हुने बताए । क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताका विजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् । महोत्सवको प्रत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।

७ फाल्गुन २०८१, बुधबार २२:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा