Play

पोखराको सेदीमा आधुनिक क्यामरा जडित नयाँ प्रहरी बिट स्थापना

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाको  वडा न. १८ मा पर्ने सेदीमा नयाँ प्रहरी बिटको स्थापना गरिएको छ ।  एनपिआर सिसिटीभी समेत जडान गरिएको उक्त नवनिर्मित प्रहरी विटको गण्डकी प्रदेशका प्रहरी प्रमुख (डिआइजी) प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलले उद्घाटन गरेका थिए ।

स्थानीय बासिन्दाहरुको सहयोगमा निर्माण गरिएको उक्त बिटमा जडान गरिएका आधुनिक क्यामराहरुबाट रातिको समयमा पनि त्यस क्षेत्रको अबस्थालाइ निगरानी गर्न सकिने छ विभिन्न स्थानमा जडान गरिएका १२ वटा सिसि क्यामराहरु मार्फत त्यस क्षेत्रको अनुगमन सोहि बिटबाट गर्न सकिने भएको छ ।

त्यस अबसरमा बोल्दै रावलले पर्यटकीय नगरी पोखरामा शान्ति सुरक्षा कायम गर्न प्रविधिको प्रयोग गर्नुपर्ने आबश्यकता रहेको बताए ।

कास्की प्रहरी प्रमुख ओलीयाले स्थानीय जनता र सबैको सहयोगमा डिजिटल चेकपोष्टको रुपमा विटको स्थापना गरिएको बताए ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का सदस्य रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एबम प्रहरी उपरीक्षक श्याम बाबु ओलिया, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली र बिभिन्न संघ संस्थाका प्रमुख तथा पदाधिकारी, बिभिन्न आमा समूहका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

७ फाल्गुन २०८१, बुधबार २०:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा