Play

शिक्षामा बिस प्रतिशत बजेट छुट्याउन र शिक्षकलाई निजामती सरह सुबिधा दिन कांग्रेस नेता महरको माग

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले अधिकार र कर्तव्यको संयोजनले मात्र प्रजातान्त्रिक प्रणाली बलियो हुने धारणा राखेका छन्। नेपाल शिक्षक संघ ललितपुरद्वारा आयोजित २४औं प्रतिनिधि सभा स्वागत तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन्।

अहिलेसम्म अधिकारको मात्र कुरा गरिएकोमा त्यो सँगसँगै कर्तव्यनिष्ठ हुनुपर्नेमा उनको जोड छ। ‘२००७ सालदेखि आजसम्म अधिकारका बारेमा ठूला बहस भए। आन्दोलन भए। हामीले संविधान बनायौं। पार्टीका घोषणा पत्र बनायौं। थुप्रै अधिकार स्थापित भए। अधिकारसँगै कर्तव्यको पालनाले मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने कुरालाई ध्यान दिएर कर्तव्य पालनातर्फ लागेनौं,’ उनले भने।

‘२००७ सालदेखि नेताहरूले राजनीतिक नेतृत्व गर्नुभयो। तर, मुलुकलाई पूर्णरुपमा गतिशिल बनाउन ऐन, कानुन दिन सक्नुभएन। अहिलेको ज्वलन्त समस्या यही हो। अब राजनीतिक दलहरू पूरानै शैलीबाट चल्नुहुँदैन। समयसापेक्ष बन्दै परिणाममुखी काम गर्नुपर्छ, उनले भने।

उनले राजनीतिक दलका घोषणा पत्र निकै लोभदाग्दा बन्ने गरेका तर कार्यान्वयन पक्ष निकै फितलो रहेको बताएका छन्। घोषणा पत्रमा लेखिएका कुरा कति कार्यान्वयन भए भन्नेमा पनि गम्भीर समीक्षा आवश्यक रहेको महरले औंल्याएका छन्।

यसका साथै फरक प्रसंगमा बोल्दै नेता महरले शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधानमा कांग्रेस गम्भीर रहेको बताए। ‘शिक्षकलाई निजामति सरहको सेवा सुविधा दिइनुपर्छ। भौतिक पूर्वाधारमा ध्यान दिने, तालिम र प्रशिक्षणमा ध्यान दिने कुरामा राज्य गम्भी बन्नुपर्छ। गुणस्तर अभिवृद्धिका लागि शिक्षामा २० प्रतिशत बजेट छुट्याइनुपर्छ’, महरले भने।

महरले संसदमा थन्किएर बसेको विद्यालय शिक्षा ऐनलाई यही हिउँदे अधिवेशनबाट पारित गर्नसमेत सरकारसँग माग गरेका छन्। विद्यालय ऐनमा आएका विषयमा सरोकारवालासँग छलफल गरेर उनीहरूको रायलाई पनि स्थान दिएर विधेयक पारित गर्नुपर्ने उनको सुझाव छ।

७ फाल्गुन २०८१, बुधबार १७:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा