Play

सामुदायिक विकास समाजको रक्तदानः १०५ युनिट रगत संकलन

गुरुकुल खबर


पाेखरा,  नव आदर्श सामुदायिक विकास समाज लामाचौर, पोखराले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसका दिनको अवसरमा समाजको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिदै आएको र यस वर्षको रक्तदान कार्यक्रम २५ औं संस्करणको भएको संस्थाका अध्यक्ष दिनेश भण्डारीले बताए ।

पोखरा महानगरपालिका वडा नं. १६ वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले रक्तदाता एवं संस्थाका पूर्व अध्यक्ष द्वय बुद्धिबहादुर खत्री क्षेत्री र नविन भण्डारीलाई ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुभारम्भ गरेका थिए । क्षेत्रीले संस्थाको कार्यक्रममा २३ औं पटकको रक्तदान गरिसकेका छन् भने भण्डारीले संस्थामा २४ पटक रक्तदान गरेका थिए ।

प्रादेशिक रक्त संचार केन्द्रका महेन्द्र के सीले संघ संस्थाहरुको नियमित रक्तदान कार्यक्रमकै कारण प्रदेशमा निशुल्क रगत उपलब्ध गरिदै आएको बताउदै रक्तदान जस्तो उच्च मानवीय कार्य प्रति आयोजक एवं रक्तदाताहरु लाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १६ वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना, विशेष अतिथि वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे लगाएतले आ–आफ्नो भनाई राखेका थिए भने समाजमा पुर्व अध्यक्षहरु, सल्लाहकार, समाजसेवी एवं राजनितिक दलमा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङ स्कूल, एलसी ब्रदश युनाइटेड लामाचौर र जुनियर रेडक्रस सर्कल इन्द्रराज्य लक्ष्मी मावि लामाचौरको सह–आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितिय उपाध्यक्ष हरि बहादुर थापाले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन सचिव शोभा बाँनियाले गरेका थिए ।

७ फाल्गुन २०८१, बुधबार १७:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा