Play

सहारा क्लबबाट छ जना खेलाडी ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित

गुरुकुल खबर


पोखरा, सहारा क्लब पोखराले उत्पादन गरेका छ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका हुन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् ।

सहारा क्लबका अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका थिए ।

ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीमा रहेका खेलाडीको उत्थानको लागि सहयोग स्वरुप दुई लाख रुपैयाँ हस्तान्तरण गरेको छ । समारोहमा एकेडेमीका स्पोन्सर हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, एन्फाका सहायक सिइओ विनोद गुरुङ, एन्फा गण्डकी उपाध्यक्ष मिलन गुरुङ, एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित, क्लबका पूर्व अध्यक्षहरु, मानार्थ सदस्य एवं सल्लाहकारहरुको उपस्थिति थियो । यस्तै, ब्रिगेड ब्वाइज क्लबका तर्फबाट धनबहादुर गुरुङ, खेलाडी संघका अध्यक्ष विक्रम लामाको उपस्थिति थियो ।

कार्यक्रमबारे एकेडेमी संयोजक एवं सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी गराएका थिए । कार्यक्रमको संचालन क्लबका सचिव टंक पौडेलले गरेका थिए ।

सहारा एकेडेमीमा हाल चौथो ब्याजमा ३० जना खेलाडीहरु बालकहरु आश्रित छन् । उनीहरुलाई निःशुल्क रुपमा शिक्षा, दिक्षा, आवासीय सुविधा सहित फुटबल प्रशिक्षण दिने गरिएको छ। क्लबले बर्सेनि फुटबल प्रतियोगिता आयोजना गरेर बचत रकम एकेडेमीमा खर्चिंदै आएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

२८ माघ २०८१, सोमबार १९:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा