Play

लुम्बिनी विकास बैंक र होटल वृन्दावनबीच सम्झौता, ३० प्रतिशतसम्म होटलमा छुट हुने

गुरुकुल खबर


काठमाडौँ,  लुम्बिनी विकास बैंक लिमिटेड र होटल वृन्दावन प्रालि बीच सम्झौता भएको छ । बैंकले होटल वृन्दावनमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुबिधामा छुट दिने सम्बन्धमा सम्झौता गरेको हो ।

होटल वृन्दावन पर्साको बिरगञ्ज उपमहानगरपालिका १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका सम्पुर्ण ग्राहकलाई होटल वृन्दावनका विभिन्न सेवा तथा सुबिधामा ३० प्रतिशतसम्म छुट दिइनेछ ।

होटल वृन्दावनको विभिन्न सेवा तथा सुबिधा अन्तर्गत ग्राहकले खानाका परिकार तथा पेय पदार्थमा १० प्रतिशत साथै होटल कोठाको शुल्कमा ३० प्रतिशत छुट लिन सक्नेछन् । सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बिरगञ्ज शाखाका प्रबन्धक कृष्णकुमार महतो र होटल वृन्दावनको तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकडको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

२८ माघ २०८१, सोमबार १३:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा