Play

प्रेस चौतारी कास्कीको अध्यक्षमा अधिकारी, पौडेललाई पुरस्कार, गुरुङलाई सम्मान

गुरुकुल खबर


पोखरा, नेकपा (एमाले)निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । यसअघि संगठनको कार्यवाहक अध्यक्ष रहेका अधिकारीले अध्यक्षको जिम्मेवारी सर्वसम्मत प्राप्त गरे ।

समिति उपाध्यक्षमा गिरिधारी पोखरेल, उपाध्यक्ष (महिला)मा रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी, सहसचिव(समावेशी)मा सुरेश सुनार र कोषाध्यक्षमा सन्दीप खनाल सर्वसम्मत भए । सञ्जय थापा, सुजन पौडेल, रचित पौडेल, आशिष पुरी, बिनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने सदस्य चयन भए । समितिका दुई सदस्य कार्यसमिति बैठकबाट पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।

अधिवेशनबाट प्रदेश र केन्द्रीय प्रतिनिधिसमेत चयन गरिएको छ । प्रदेश प्रतिनिधिमा राजु गिरी, बालकुमारी पौडेल (तारा), अर्जुन गाहा (सुशान्त), रेजिना कटुवाल, शिशिर पौडेल र सुरेश रानाभाट चयन भए । केन्द्रीय प्रतिनिधिमा दीपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुण्य पौडेल, प्रकाश अधिकारी र शान्ति गुरुङलाई चयन गरिएको छ ।

दुई जनालाई सम्मान र पुरस्कार

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई जनालाई सम्मान र पुरस्कृत गरिएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिएको छ भने  प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८१’ पत्रकार ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ ।

पौडेललाई नगद २२ हजार २ सय २२ सहित पुरस्कृत गरिएको हो । उनीहरूलाई प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे र राजेश राई, नेकपा (एमाले) कास्कीका नेतासहितले सम्मान–पत्र प्रदान गरेका थिए । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक रहेको प्रतिभा छनौट समितिले गुरूङलाई सम्मान र पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । स्याङ्जा सिरूबारीमा जन्मिएका उनी पोखरा–१५ का स्थायी बासिन्दा हुन् । गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए । २०६४ देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन् ।

पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् । यस्तै, मैदानन्यूज डटकमको संस्थापक सञ्चालक हुन् ।

प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भइसकेका छन् ।

२३ माघ २०८१, बुधबार २२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा