Play

अर्मलाकोटमा पर्बतिय दौड,पुरुषमा गोरखाका निरज र महिलामा सिन्धुपाल्चोककी नितु प्रथम

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -१६ अर्मलाकोटमा आयोजित १२ किलोमिटर दुरीको पर्बतिय दौड प्रतियोगिता सोमबार सम्पन्न भएको छ। प्रतियोगितामा पुरुष तर्फको १२ किमी दौडमा गोरखाका निरज भट्ट क्षेत्रीले ५० मिनट ४७ सेकेन्डमा निर्धारित दुरी पुरा गरेर प्रथम भए भने महिला तर्फ सिन्धुपाल्चोककि नितु तामांगले १ घण्टा १३ मिनट ४२ सेकेन्डमा उक्त दुरी पार गरेर प्रथम स्थान प्राप्त गरिन।

पुरुष तर्फ धरानका रमेश थापाले ५१ मिनट २३ सेकेन्डमा र स्यांग्जाका गौतम श्रेष्ठले ५२ मिनट १० सेकेन्डमा उक्त दुरी पार गरेर द्वितीय र तृतीय स्थान प्राप्त गरेकोमा पर्वतका आशिष कुँवरले ५२ मिनट ५७ सेकेन्डमा दौड पुरा गरेर सान्त्वना स्थान प्राप्त गरेका थिए।

महिलातर्फ ओखलढुंगाकी निमा शेर्पाले १ घण्टा १९ मिनटमा र सोहि जिल्लाकै पदम कुमारी सुनुवारले १ घण्टा २२ मिनट ४५ सेकेन्डमा तथा कास्की माछापुच्छ्रेकी एन्जिला जिटीले १ घण्टा २३ मिनटमा उक्त दुरी पार गरेर दोश्रो तेश्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल भईन ।

यसैगरी पोखरा महानगरपालिका -१६ स्तरीय पुरुष दौडमा सबिन गुरुङले १ घण्टा २ मिनट ४९ सेकेन्डमा, भरत नेपालीले १ घण्टा ४ मिनेट २४ सेकेन्डमा, मनिष शर्माले १ घण्टा ४ मिनट ५८ सेकेन्डमा तथा साजन गुरुंगले १ घण्टा १५ मिनट ३६ सेकेन्डमा निर्धारित १२ किमिको दुरी पार गरेर क्रमश पहिलो, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

वडा न. १६ का महिलाहरु तर्फको प्रतियोगितामा आइतीमाया घलेले १ घण्टा ४२ मिनेट २ सेकेन्डमा, नितिशा भट्टराइले १ घण्टा ५- मिनेट ३३ सेकेन्डमा र पुर्णिमा भट्टराइले १ घण्टा ५२ मिनेट १२ सेकेन्डमा उक्त दुरी पुरा गरेर पहिलो, दोश्रो र तेश्रो स्थान प्राप्त गरे।

यस पटक नबौं शृंखलाको दौड प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक जुम गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए।

दौडमा प्रथम हुनेले रु २५ हजार, द्वितीय हुनेले २०,हजार, तृतीय हुनेले १५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार रुपैया पुरस्कार प्राप्त गरेको आयोजकले बताएका छन। महिला खुल्ला तर्फको दौडमा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई २०हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार रुपैया पुरस्कारको ब्यबस्था गरिएको थियो ।

वडा नं १६ का खेलाडीहरुको हकमा प्रथम हुनेलाई रु ८ हजार, द्दितियलाई ५ हजार र तृतियलाई ३ हजार र सान्त्वना १ हजार साथै दौडमा सहभागीता जनाउने सबैलाई मेडलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

दौडको अतिरिक्त भलिबल, ठेलो प्रतियोगिता समेत हुने र भलिवलमा प्रथम हुनेलाई ५० हजार र द्दितियलाई ३५ हजार त्यसैगरि छेलो प्रतियोगितामा प्रथम हुनेलाई २० हजार र द्दितिय हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

बिजयीहरुलाई अर्मलाकोट पर्बतिय दौड कार्यक्रमका संयोजक जुम गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका पुर्ब सदस्य सचिब तेजबहादुर गुरुङ,  पोखरा -१६ का वडाध्यक्ष अमृत तिमिल्सिना, बेलायतबाट आएका राम बहादुर गुरुङ र अग्रज पत्रकार राज बहादुर गुरुङ लगाएतले पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेको आयोजक समितिका सचिब इश्वर गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए ।

 

२१ माघ २०८१, सोमबार १५:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा