पोखरा, पोखरा महानगरपालिका वडा नम्बर १६ को केआईससिंह पुलबाट अर्मलाकोटसम्म करिब १२ कि.मि.को दुरीमा पर्बतीय दौड हुने भएको छ। बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि माघ २१ गते सोमबार श्रीपंचमीको दिन उक्त दौड प्रतियोगिता हुने भएको हो। यस पटक नबौं शृंखलाको दौड प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक जुम गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए ।
दौडमा प्रथम हुनेले रु २५ हजार, द्वितीय हुनेले २०,हजार, तृतीय हुनेले १५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार रुपैया पुरस्कार प्राप्त गर्ने आयोजकले बताएका छन। महिला खुल्ला तर्फको दौडमा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई २०हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार रुपैया पुरस्कारको ब्यबस्था गरिएको छ ।
वडा नं १६ का खेलाडीहरुको हकमा प्रथम हुनेलाई रु ८ हजार, द्दितियलाई ५ हजार र तृतियलाई ३ हजार र सान्त्वना १ हजार साथै दौडमा सहभागीता जनाउने सबैलाई मेडलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
दौडको अतिरिक्त भलिबल, ठेलो प्रतियोगिता समेत हुने र भलिवलमा प्रथम हुनेलाई ५० हजार र द्दितियलाई ३५ हजार त्यसैगरि छेलो प्रतियोगितामा प्रथम हुनेलाई २० हजार र द्दितिय हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।