Play

पोखराको केआईसिंह पुलबाट अर्मलाकोटसम्म विभिन्न विधामा पर्बतीय दौड हुने

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका वडा नम्बर १६ को केआईससिंह पुलबाट अर्मलाकोटसम्म करिब १२ कि.मि.को दुरीमा पर्बतीय दौड हुने भएको छ। बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि माघ २१ गते सोमबार श्रीपंचमीको दिन उक्त दौड प्रतियोगिता हुने भएको हो। यस पटक नबौं शृंखलाको दौड प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक जुम गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए ।

दौडमा प्रथम हुनेले रु २५ हजार, द्वितीय हुनेले २०,हजार, तृतीय हुनेले १५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार रुपैया पुरस्कार प्राप्त गर्ने आयोजकले बताएका छन। महिला खुल्ला तर्फको दौडमा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई २०हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार रुपैया पुरस्कारको ब्यबस्था गरिएको छ ।

वडा नं १६ का खेलाडीहरुको हकमा प्रथम हुनेलाई रु ८ हजार, द्दितियलाई ५ हजार र तृतियलाई ३ हजार र सान्त्वना १ हजार साथै दौडमा सहभागीता जनाउने सबैलाई मेडलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

दौडको अतिरिक्त भलिबल, ठेलो प्रतियोगिता समेत हुने र भलिवलमा प्रथम हुनेलाई ५० हजार र द्दितियलाई ३५ हजार त्यसैगरि छेलो प्रतियोगितामा प्रथम हुनेलाई २० हजार र द्दितिय हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।

१८ माघ २०८१, शुक्रबार २२:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा