Play

कास्की क्षेत्र न. २ मा कांग्रेसको सभापति बन्ने दौडमा लागेका आठ युवाहरु को को ?

गुरुकुल खबर


पोखरा, कास्कीको निर्बाचन क्षेत्र न. २ मा नेपाली काँग्रेसको सभापति बन्नको लागि प्रतिष्पर्धा गर्न चाहनेहरुको संख्या अन्य क्षेत्रको तुलनामा धेरै हुने सम्भावना देखिएको छ । हालसम्म कास्की क्षेत्र न. २ को सभापति बन्नको लागि देबकृष्ण पराजुली, दिनेश आचार्य, शुभाष सिग्देल, टुबराज बाँस्तोला, देवराज आचार्य, नबिन बराल र महेन्द्र अधिकारी र सरोज नारायण बराल सहित ८ जनाले चाहना राखेको बुझिएको छ।

आकांक्षीहरु मध्ये देवकृष्ण पराजुली हालको क्षेत्रिय सचिब एबम पोखरा -४ को वडाध्यक्ष हुन भने महेन्द्र अधिकारी पनि हाल क्षेत्रिय सचिवको जिम्मेवारीमा छन ।यसैगरी दिनेश आचार्य क्षेत्र न. २ क को प्रदेश सभापति हुन भने शुभाष सिग्देल पोखरा -८ कार्यसमितिको पुर्व सभापति हुन।

अर्का आकांक्षी टुबराज बास्तोलाले पोखरा महानगरसमितिको सचिब भएर काम गरेका छन भने देबराज आचार्यले पोखरा -१७ को सभापति रहेर काम गरिसकेका छन। यसैगरी नबिन बराल पोखरा -७ का पुर्व सभापति हुन। यसैगरी सरोज नारायण बराल पोखरा महानगरसमितिको पुर्व सचिब हुन। यसबाहेक हालका क्षेत्रिय सभापति केशरप्रसाद निर्दोषी समेत उमेदवार बन्न सक्ने कतिपयको भनाई छ।

बिभिन्न व्यक्तिसंगको भेटघाट र सामाजिक संजालको माध्यमबाट उनीहरुले क्षेत्रिय सभापति बन्ने चाहना राखेको भएपनि अन्तिममा को को उमेदवार बन्छन र कसको बिचमा प्रतिष्पर्धा होला भन्ने एकिन गर्न असोज १० गतेसम्म नै पर्खिनुपर्ने अबस्था छ। उल्लिखित आकांक्षीहरुमध्ये केहि उमेदवारहरु अरुको उक्साहटमा परेर उमेदवारी सार्बजनिक गर्नेहरु समेत रहेको कारण अन्तिम अबस्थासम्म कसको उमेदवारी कायम रहला भनेर निश्चित गर्न नसकिने कतिपय कांग्रेस कार्यकर्ताको बुझाई छ।

कास्की क्षेत्र न. २ मा नेपाली कांग्रेसका केन्द्रीय प्रबक्ता रहेका देबराज चालिसे र गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले आंफ्नो आंफ्नो अनुकुलका कार्यकर्ताहरु समेटेर प्यानल निर्माणको गृहकार्य गरिरहेको बुझिएको छ। उनीहरुले क्षेत्रिय सभापति सहि कार्यसमिति र महाधिबेशन प्रतिनिधिको रुपमा आंफ्नो प्यानलमा कुन कुन उमेदवारलाई समर्थन गर्छन भन्ने अझैँ स्पष्ट भैसकेको छैन।

कतिपय कार्यकर्ताहरुले नेताहरुले बनाउने प्यानल र गुट भत्काउने गरि उमेदवार पनि तय गर्ने र सोही अनुरुप मतदान गर्ने अभियान संचालन गर्ने समेत बताउन थालेका छन। क्षेत्र न. २ मा चालिसे र थापाले गुट बनाउन गृहकार्य गरेजस्तै क्षेत्र न. ३ मा पनि मनोज गुरुङ र युवराज कुँवरले आंफ्नो अनुकुलको गुट वा प्यानल बनाउने तयारी गरेको बुझिन्छ।

कांग्रेसका आम कार्यकर्ताहरु भने केहि नेताहरुले आंफ्नो अनुकुल हुने गरि निर्माण गरिएको गुटको बिरुद्ध उभिने पक्षमा देखिएको कारण चुनाबी प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ।

६ आश्विन २०८३, मंगलवार १९:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा