Play

टाइगर कप भलिबल : पहिलो क्वालिफायर र एलिमिनेटरका खेल शुक्रबार हुने

गुरुकुल खबर


पोखरा, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको सातौं दिन शुक्रबार पुरुष र महिलातर्फ पहिलो क्वालिफायर र पुरुषतर्फ एलिमिनेटरको खेल हुने तालिका छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको हुनेछ । महिलातर्फ पहिलो क्वालिफायरमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ । एपिएफ अपराजित टोली हो भने आयोजक टोली एपिएफसँग पराजित भएको थियो । यो खेलमा विजेता हुने टोली फाइनल पुग्नेछ भने पराजित हुने टोलीले एलिमिनेटर विजेता टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

शुक्रबार हुने दोस्रो खेल पुरुषतर्फको पहिलो क्वालिफायरको खेल हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ । आर्मी समूह चरण शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए ।

तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । दिउँसो १ बजे सुरु हुने एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले पुुलिस र आर्मीबिचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

यस अगाडी बिहिबार भएका विभिन्न खेलहरु मध्ये टिपटप हेल्प नेपाल स्पोर्टस क्लबलाई हराउँदै गण्डकी प्रदेशको पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो ।

पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गरेको हो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको हो ।

यो जितसँगै गण्डकी ‘हार्ने समूह’बाट ६ अंक प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल २ र एपिएफ एक अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले अब शुक्रबार ‘जित्ने समूह’बाट तेस्रो स्थानमा रहेको भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटर खेल्नेछ ।

यसअघि भएको खेलमा ‘जित्ने समूह’ मा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ ।

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् । ‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षको पारेको थियो । तेस्रो सेटमा ५–१० स्थितिलाई उल्टाउँदै सुनिल क्लबले २२–२२ को अवस्थामा पु¥याएको थियो । तर, अन्तिममा पुनः आर्मीले अग्रता लिँदै सेट आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेट भने आर्मीले २३–२५ ले सुनिल क्लबलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले १५–१२ ले जित हासिल गरेको हो  ।

योसँगै ‘जित्ने समूह’ बाट आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका छन् । दुई खेलबाट १ अंक जोडेको सुनिल क्लब तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको हो ।

यसअघि बिहीबार बिहान भएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार बिहान भएको एलिमिनेटर खेलमा न्यू डायमण्डले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

न्यू डायमन्डले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको हो । यसअघि न्यू डायमण्डले लिग चरणमा पनि पुलिसलाई पराजित गरेको थियो । पुलिस ‘हार्ने समूह’ बाट शीर्ष स्थान र न्यू डायमण्ड ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेका थिए ।

न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।

 

१७ माघ २०८१, बिहीबार २०:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा