Play

प्रेस चौतारी कास्कीले पौडेललाई पुरस्कार र गुरुङलाई सम्मान दिने, अधिबेशनबाट नयाँ समिति बन्ने

गुरुकुल खबर


पोखरा, प्रेस चौतारी नेपाल कास्कीले संचालान गर्दै आएको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष पोखरामा रहेर पत्रकारिता गरिरहेका ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ भने प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ काठमाडौँमा कार्यरत पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिने भएको छ । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको सचिब अधिकारीले गुरुकुल खबरलाई जानकरी दिए ।

२६ वर्षदेखि पत्रकारितामा क्रियाशील गुरुङ स्याङ्जा सिरूबारी जन्मिएका गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए । गुरूङ पोखराका विभिन्न संचार माध्यम हुँदै हाल काठमाडौँको सगरमाथा टेलिभिजनमा आबद्ध रहेका छन।

पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा संलग्न छन । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् । उनि प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको अध्यक्ष, नेपाल पत्रकार महासंघ गण्डकीको पूर्व सचिव समेत हुन ।

प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् । यसैगरी, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पनि पुरस्कृत भएका छन् ।

यसैबीच, सम्मान तथा पुरस्कार अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । सोहि दिन स्थानीय तहसँगको समन्वयमा अन्तरक्रिया र प्रेस चौतारी कास्कीको नवौं अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम रहेको सचिव अधिकारीले जानकारी दिए ।

अधिबेशनबाट अध्यक्ष बन्नको लागि हालका उपाध्यक्ष मोतिसागर अधिकारी र सचिब रन्जन अधिकारी इक्षुक रहेको बताईएको छ।

१७ माघ २०८१, बिहीबार १९:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा