Play

लम्बियो टाइगर कपः महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल बिहिबार हुने

गुरुकुल खबर


पोखरा, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ दुई र महिलातर्फ एक खेल हुने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका दुई खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछ ।

महिलातर्फको पहिलो खेल बिहान नौ बजेबाट सुरु हुनेछ । उक्त खेल नेपाल पुलिस क्लब र टिपटप न्यू डायमण्डबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

उक्त खेलको विजेता एपिएफ र आयोजक टोलीमध्ये पराजित हुने टोलीसँग फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

भोलिको दोस्रो र तेस्रो खेल पुरुषतर्फको हुनेछ ।दोश्रो खेल त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल पनि सुरु हुने तालिका छ । उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यसैगरि तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबिच हुनेछ । दुवै खेल समय अभावका लागि पछि सरेसँगै प्रतियोगिता एक दिन लम्बिने भएको छ । यसअघि १९ गतेसम्म तय गरिएको उक्त प्रतियोगिता २० गतेसम्म चल्ने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।

यस अगाडी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित हुन पुगेको थियो ।

पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो । त्यसपछि खेल स्थगित भएको हो । अब आर्मी र सुनिल भलिबल क्लबबिचको खेल बिहीबार हुनेछ ।

यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबिचको खेल पनि बिहिबार हुने तालिका छ ।
यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३–२ सेटले पराजित हुँदै सशस्त्र प्रहरी बल एपिएफ प्रतियोगिताबाट बाहिरिएको थियो ।

महिलातर्फ भएको खेलमा एपिएफ र ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले जित निकालेका थिए । पहिलो खेलमा ट्राभल इन्क्वारीले आर्मीलाई ३–० र एपिएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा पराजित थियो ।

१६ माघ २०८१, बुधबार २०:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा