Play

बैंकको सुरक्षा प्रणालीलाई मजबुत बनाउन राष्ट्रबैंक पोखराका निर्देशक शर्माको जोड

राष्ट्रिय बाणिज्य बैंकको प्रादेशिक कार्यालय पोखरामा ६० औं बार्षिकोत्सब समारोह


गुरुकुल खबर


पोखरा, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ६० औं बार्षिकोत्सबको अबसरमा बैंकको पोखरा नयाँबजार स्थित प्रादेशिक कार्यालयले एक बिशेष कार्यक्रमको आयोजना गर्यो। नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक रन्जना शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो।

त्यस अबसरमा बोल्दै प्रमुख अतिथि राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक शर्माले बैंकको आन्तरिक सुरक्षा प्रणालीलाई मजबुत बनाउन र बैंकले प्रदान गर्ने सेवा सुबिधाहरु थप भरपर्दो र बिश्वासीलो बनाउनु पर्ने कुरामा जोड दिईन । उनले बाणिज्य बैंक पूर्ण सरकारी बैंक भएकोले नेपाल सरकारले अबलम्बन गरेका नीति तथा कार्यक्रमहरु प्राथमिकताका साथ्र कार्यान्वयन गर्नुपर्ने कुरा समेत उल्लेख गरिन।

कार्यक्रमको अबसरमा बैंकका असल ग्राहकहरुलाई सम्मान समेत गरिएको थियो । उत्कृष्ट ग्राहकहरुलाई कार्यक्रमका प्रमुख अतिथिबाट सम्मानपत्र र राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय पोखराका प्रबन्धक पुष्पचन्द्र थापाले दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठ र नेपाल बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयका प्रमुख सचिता पराजुली लगायतले बैंकले सर्बसाधारणको हित र सेवामा बिशेष ध्यान दिनुपर्नेमा जोड दिए।

राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालका गण्डकी प्रदेश समितिका सचिब सन्तोष ढुंगाना, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका अध्यक्ष प्रकाश क्षेत्री, नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका कार्यबाहक अध्यक्ष सुमन शर्मा पौडेल, राष्ट्रिय बाणिज्य बैंक भूपू कर्मचारी युनियन पोखरा समितिका कार्यबाहक अध्यक्ष गंगाधर पौडेल र राष्ट्रिय बाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालयका उपप्रमुख बिदुर भुषण क्षेत्री  लगायतले बैंकको ब्यबस्थापनले कर्मचारीको सेवा सुविधामा समेत बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि शर्मालाई बैंकको प्रादेशिक कार्यालयका प्रबन्धक थापाले खादा लगाएर सम्मान गरेका थिए भने अन्य अतिथिहरुलाई बैंकका कर्मचारी बिन्ध्या गुरुङ र झरना गिरीले खादा लगाएर सम्मान गरेका थिए प्रादेशिक कार्यालयका प्रबन्धक पुष्पचन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रबन्धक दयाराम पन्तले गरेका थिए।

कार्यक्रममा बैंकको प्रादेशिक कार्यालय पोखराको विभिन्न फाँटका इन्चार्जहरु मेदिनी बिलाश घिमिरे, रामप्रसाद शर्मा, नबिनराज पौडेल, सहदेव पौडेलको साथै  पोखरा उपत्यकामा रहेका बैंकका शाखा प्रबन्धकहरु लेखनाथ अधिकारी, हरिराम पराजुली, सन्जिब सुबेदी, श्रीधर घिमिरे, तुलसीमणि अधिकारी र अर्जुन भट्टराई, नागरिक लगानी कोष पोखरा कार्यालयका प्रमुख नबराज गौतम, कर्मचारी संचय कोष पोखरा कार्यालयका प्रमुख मदन सुबेदी,कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालयका प्रमुख घनेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

१४ माघ २०८१, सोमबार २१:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा