Play

माछापुच्छ्रे गाउँपालिकाले धम्पुसमा प्रदेशस्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता गर्ने

गुरुकुल खबर


पोखरा, माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ ।

माछापुच्छ्रे गाँउपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाँउ पालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म उक्त प्रतियोगित हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्थानिय स्तरबाट खेलाडि उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको गण्डकी प्रदेश भित्रका सम्पूर्ण पालिकालाई पत्रचार गरि वढि भन्दा वढि सहभागिता जनाउने लक्ष्य रहेको माछापुच्छ्रे गाँउ पालिका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार दुई लाख, द्धितीय पुरस्कार एक लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०/५० हजार रुपैयासहित ट्रफि मेडल र प्रमाण पत्र रहेको छ । त्यसैगरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५/२५ हजार रुपैया सहित ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाँउपालिकाले १३ लाख रुपैया विनियोजन गरेको अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिए । ‘यो प्रतियोगितामा गाउँपालिका वाहिरका दुईजना खेलाडी पनि राख्नसक्ने व्यवस्था मिलाइएकोले राष्ट्रिय स्तरका खेलाडी पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन्’ अध्यक्ष गुरुङले भने ‘राष्ट्रिय खेलाडीको सहभागित हुने भएकोले प्रतियोगिता थप रौनकता छाउने हामीले विश्वास लिएका छौ ।’

यस वर्षदेखि महिला भलिबल प्रतियोगिता पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै वढि रौनकता थपिने गाँउ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले बताईन । ‘धम्पुस परिचित एक पर्यटन गाँउ हो’ उपाध्यक्ष अधिकारीले भनिन्,‘पर्यटकीय गाँउमा गरिएको यो प्रतियोगिताले पर्यटनसँगै खेल क्षेत्रको प्रबर्दन गर्न मद्धत मिल्ने विश्वास लिएका छौ ।’

माछापुच्छ्रे गाँउ पालिका वडा नं. ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले प्रतियोगिता अवधिभर यस क्षेत्रमा भएका होटल व्यवसायसँग समन्वय गरी सहुलियत प्याकेज ल्याउने योजना रहेको सुनाए । उनका अनुसार एक रातमा धम्पुसका साना ठुला ४० होटलमा १ हजार जनासम्म राख्न सकिने छ ।

प्रतियोगिता बढि भन्दा बढि टिम सहभागि गराउनका लागि निशुल्क दर्ताको ब्यबस्था गरेको माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिकोका सदस्य सचिव हुमबहादुर गुरुङले जानकारी दिए । माछापुच्छ्रे गाँउपालिका भलिवल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेश भित्रका पालिकामा पत्राचार भए पनि खेलाडीलाई जानकारी नहुदा प्रतियोगितामा सहभागि कम हुने गरेको गुनासो खेलाडीबाटै आउने गरेको बताए ।

दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८० मा बौदीकाली गाँउपालिका नवलपुर प्रथम, र गल्कोट नगरपालिका बाग्लुङ दोस्रा भएको युवा तथा खेलकुद शिक्षा शाखाका प्राविधिक सहायक विष्णु प्रसाद अधिकारीले जानकारी दिए ।

१३ माघ २०८१, आईतवार २१:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा