Play

टाइगर कप भलिबल शनिबार देखि शुरु हुँदै, पहिलो दिन महिलाको तीनवटा खेल हुने

गुरुकुल खबर


पोखरा,  एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको शनिबारबाट सुरु हुँदैछ । खेल हेर्ने दर्शकका लागि इसेवामार्फत् टिकट खुला गरिएको आयोजकले जनाएको छ । दुई खेलपछि उद्घाटन समारोह हुने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुने भएको छ । सार्वजनिक भएको खेल तालिका अनुसार पहिलो खेल महिलातर्फ एपिएफ र ट्राभल इन्क्वारीबिच हुनेछ । उक्त खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार बिहान १० बजे सुरु हुनेछ ।

दोस्रो खेलमा टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा गर्ने छन् । त्यसपछि साढे १ बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने छन् ।

पहिलो दिनको तेस्रो तथा अन्तिम खेलमा आयोजक टोली र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

संयोजक ज्ञवालीका अनुसार नकआउट खेलेर खेल जितेकाहरु र हारेकाहरु बिच लिग हुनेछ । लिग सकिएपछि विजेता टिमको पहिलो नम्बरमा रहने टिम र दोस्रोमा रहने टोली पहिलो क्वालिफायरका लागि छनोट हुने छन् । सोही लिगको तेस्रो नम्बरमा रहने टिम र हारेका टिमहरुको लिगमा पहिलो नम्बरमा आउने टोली इलिमिनेटरका लागि छनोट हुने छन् । हारेका टोलीको लिगमा दोस्रो र तेस्रो नम्बर रहने प्रतियोगिताबाट बाहिरिनेछ ।

त्यसपछि विजेता टिमका लिगको पहिलो र दोस्रो स्थानमा रहने टोली पहिलो क्वालिफायर खेल्ने छन् । यसमा विजेताले फाइनलमा स्थान सुरक्षित गर्ने छ । विजेता टिमको तेस्रो स्थानको टोली र हारेको टिमको लिगमा पहिलो स्थानमा रहने टिम इलिमिनेटरमा भिड्ने छन् ।

पहिलो क्वालिफायर हार्ने र इलिमिनेटर विजेता टोलीबिच दोस्रो क्वालिफायर खेल हुनेछ । र, दोस्रो क्लालिफायर विजेता टिमले पहिलो क्वालिफायरबाट फाइनल पुगेर बसेको टिमसँग फाइनल खेल्नेछ । पराजित टिम तेस्रो हुने प्रतियोगिता संयोजक ज्ञवालीले बताए ।

प्रतियोगिता उद्घाटन सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम छ । प्रतियोगितामा दुई विदेशी टोलीसहित छ वटा टोलि पुरुष तर्फ र छ वटा टोलिले महिला तर्फ सहभागिता जनाएका छन् । विदेशी टोलीमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनील भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब सहभागी हुँदै छन् ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् ।

प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५ सय ५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ ।

यसैबीच शुक्रबार प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने ट्रफी गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

११ माघ २०८१, शुक्रबार २२:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा