Play

बेलायत बसेर पनि संस्कृति र परम्पराको जगेर्ना गरेको देख्दा गर्ब लाग्यो – सांसद गुरुङ

गुरुकुल खबर


बेलायत, क्वोने (घोताने/घोन्डे) गुरुङ समाज यूकेले आफ्नो समाजका सदस्यहरु सहित भाइखलक र चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरूको बाक्लो उपस्थिति बस्ति रहेको अल्डरसटको एम्पायर हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि समाजका ज्येष्ठ सदस्य ८२ वर्षीय एकबहादुर गुरुङ र बिशेष अतिथि गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङ रहेका थिए । बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि आफ्नो भाइखलक,चेलीबेटी र ज्वाइँहरूलाई सम्मान गर्दै नाचगान, चिट्ठा आदि मनोरञ्जनात्मक कार्यक्रम भएको थियो ।

त्यस अबसरमा बोल्दै सांसद सरस्वती गुरुङले बेलायत जस्तो व्यस्त देशमा पनि क्वोने गुरुङ समाजले आफ्नो रितीथिती र संस्कार संस्कृतिलाई कायम राखेकोमा गर्बको अनुभूति भएको बताइन् । माघे संक्रान्ति जस्तो पवित्र पर्वको अवसर पारेर प्रत्येक बर्ष चेलीबेटी भोज कार्यक्रम आयोजना गर्नु ज्यादै सह्रानीय कार्य भएको भन्दै माइतीले दिएको माया र सत्कार सधैँ स्वच्छ अनि उच्च रहने स्पष्ट पारिन ।

प्रमुख अतिथि एक बहादुर गुरुङ, विशिष्ट अतिथि सांसद सरस्वती गुरुङ, कार्यवाहक अध्यक्ष राम गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङ र प्रमुख संरक्षक क्याप्टेन जीवन कुमार गुरुङले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रममा सन् २०२४ मा यूकेका विभिन्न संघसंस्थामा अध्यक्ष तथा अन्य पदमा निर्वाचित सदस्य एबम चेलीबेटीहरुलाई सम्मान गरिएको थियो ।  यूकेको स्थानीय चुनावमा बारनेट बरोअन्तर्गत एजवेवरबरी वार्डमा कन्सरभेटिभ पार्टीको तर्फबाट दोस्रो पटक काउन्सिलरमा विजयी काउन्सिलर लक्ष्य गुरुङ र आजीवन सदस्य सत्रमान गुरुङ तथा श्रीमती कमलादेवी गुरुङकी छोरी (सुपुत्री) डा. शारदा गुरुङ ब्रिटिस आर्मीमा मेजर भएको भन्दै उनीहरुलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ, काठमाडौँमा मञ्जुश्री बालबालिका संरक्षण केन्द्रको स्थापना गर्ने माया (दोर्जी डोल्मा) गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङ, तमु सञ्चारकर्मी संघ नेपालको अध्यक्ष लाला गुरुङ र डायमन्ड बुद्धिस्ट सेन्टर प्लमस्टेडको अध्यक्ष योगेश गुरुङलाई पनि सम्मान गरिएको थियो

कार्यक्रमका संयोजक समेत रहेका संस्थाका सल्लाहकार कुमार गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम क्वोने गुरुङ, प्रमुख संरक्षक क्याप्टेन जीवन कुमार गुरुङ, संरक्षक चन्द्र बहादुर गुरुङ,  चेलीबेटी प्रमुख लिना गुरुङ, महासचिव ईन्द्र घोथाने, यशोदा गुरुङ,कार्यवाहक अध्यक्ष राम गुरुङ लगायतले आफ्नो संस्कृति र परम्पराको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा चेलीबेटीहरूले कोसेली (सगुन) दिनुको साथसाथै आकर्षक नृत्य प्रस्तुत गरेका थिए । यामु गुरुङले ‘री मै थुमै’ बोलको गुरुङ गीत गाएका थिए भने सिरी गुरुङले मनमोहक नृत्य प्रस्तुत गरे । त्यस्तै तमु समाज यूकेले ‘गलबन्दी चिनो’ गुरुङ गीतमा आकर्षक नाच प्रस्तुत गरेको थियो । लोकदोहोरी गायिका हरिमाया गुरुङ, गायक शीतल गुरुङ र गायिका विमला गुरुङले चर्चित गीत ‘ल्याइदेऊ चिनो यूके लन्डनको’ र ‘कश्मीरे पछ्यौरी’ गाएका थिए ।

८ माघ २०८१, मंगलवार २०:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा