Play

माछापुच्छ्रे गाउँपालिकाको सिदिंगमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

गुरुकुल खबर


पोखरा, माछापुच्छ्रे गाउँपालिका वडा न.९ सिधिङमा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न.९ का अध्यक्ष हरि ब. क्षेत्रिले प्रतियोगिताले समग्र माछापुच्छ्रे गा.पाको खेलकुद क्षेत्रको विकास संगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वस ब्यक्त गरे ।

माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाईकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुक ब.तामाङले बताए । पुरुष भलिबल तर्फ दर्ता शुल्क रु ६ हजार रहेको छ ।

भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स तर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको छ ।

कार्यक्रमको अन्य आकर्षणको रूपमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू द्धारा नृत्य,गायन,हास्यब्यङ्गे विशेष प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम रहने छन् । साथै आधारभूत विघालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता,रस्साकस्सी, छेलो हान्ने,घैँटो फुटाई लगायतका प्रतियोगिता पनि रहने क्लबका क.वा सचिव प्रज्वल क्षेत्रिले बताए ।

आयोजित विभिन्न प्रतियोगितामा सहभागी हुन माघ २९ गते बेलुका ४ः०० बजे भित्र समूहको नाम दर्ता गरिसक्नु पर्ने आयोजकले बताएको छ ।

५ माघ २०८१, शनिबार १९:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा