Play

मानबअधिकार अलाइन्स कास्कीमा नयाँ समिति, अध्यक्षमा मधु पन्थी

गुरुकुल खबर


पोखरा, मानब अधिकारको क्षेत्रमा क्रियाशील संस्था राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) कास्कीको सातौं अधिवेशन तथा साधारण सभाले मधु पन्थी अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । पन्थी लामो समयदेखि इन्सेकमा कार्यरत छन ।

समितिको उपाध्यक्षमा बिमला केसी, सचिवमा रमेश सुवेदी, उपसचिवमा कल्पना घिमिरे सापकोटा र कोषाध्यक्षमा सवनम शर्मा छन् ।  यसैगरि कार्यसमिति सदस्यहरुमा बिमला गुरुङ, तुलबहादुर रानाभाट, कृष्णमाया गुरुङ, अच्यूत पौडेल, आश्मा पहारी र सुशीला नेपाली रहेको नबनिर्बाचित अध्यक्ष मधु पन्थीले गुरुकुल खबरलाई जानकारी दिए ।

अधिवेशनको उद्घाटन गर्दै मानव अधिकार एलाइन्सका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज रामचन्द्र पौडेलले नागरिक संस्थालाई सचेत र संगठित गरी मानव अधिकार आन्दोलनलाई अगाडि बढाएको बताए । उनले राजनीतिभन्दा माथि उठेर मानव अधिकारको मुद्दालाई निश्पक्ष रुपमा उठाउने जानकारी दिए । उनले वातावरणको सन्तुलन र दिगो विकासको लागि मानव अधिकारमैत्री विकास पद्धतीलाई अबलम्बन गर्नुपर्ने बताए ।

उनले एलाइन्सले पालिकादेखि टोलसम्म संगठन विस्तारको अवधारणा ल्याएको जानकारी दिए । उनले यही फागुन १९, २० र २१ गते काठमार्डौमा मानव अधिकार एलाइन्सको छैटौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिए ।

नेकपा(एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले नागरिक समाजको सकारात्मक आलोचनालाई ग्रहण गरेर पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य शिवप्रसाद खकुरेल, गण्डकी प्रदेशका अध्यक्ष शिवराज शर्मा, वरिष्ठ अधिवक्ता घिमिरे, राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद बाग्ले, नेकपा (एमाले) पोखरा महानगर कमिटी उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना, गैसस महासंघ नेपाल कास्की अध्यक्ष बुद्धिबहादुर थापा, नेपाल बुद्धिजीवी परिषद् कास्की अध्यक्ष डा विश्व अधिकारी, पत्रकार श्याम कुँवर, महिला अपांगता सशक्तीकरण केन्द्रका अध्यक्ष लोचना अधिकारी, चिल्डे्रन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, मानव अधिकार एलाइन्स कास्कीका अध्यक्ष पदमराज पहारी, उपाध्यक्ष बिमला केसी लगायतलेआआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा मानव अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

३ माघ २०८१, बिहीबार २२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा