Play

टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता माघ १२ देखि पोखरामा हुने

गुरुकुल खबर


पोखरा, पोखराको टाइगर ग्रुपले संचालन गर्दै आएको टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता यहि माघ १२ गतेबाट पोखरा रंगशालामा हुने भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालले बिगत पांच बर्षदेखि टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस पटक हुने पाँचौ टाइगर कप प्रतियोगितामा पुरुष र महिला तर्फ ६–६ टिमले सहभागिता जनाउने भएका छन।

तीन विभागीय टोली एपीएफ, पुलिस र आर्मीले महिला र पुरूष दुवैमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरूषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशसँगै श्रीलंकन भलिबल टिम सहभागी हुनेछ ।

महिलातर्फ तीन विभागीय टोलीसहित न्यु डायमण्ड स्पोर्ट्स क्लब, टाईगर ग्रुप अफ पोखरा नेपाल र युनाईटेड प्यासन भलिबल क्लब, थाईल्याण्डले खेल्नेछ । प्रतियोगितामा बिदेशी टिमको रुपमा पुरूषतर्फ श्रीलंका र महिलातर्फ थाइल्याण्डबाट १ / १ टिम ले सहभागिता जनाउने भएका छन।

प्रतियोगितामा विजयी बन्ने महिला तथा पुरुष दुवै टोलीले समान पुरस्कार पाउने छन् । आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा प्रथम हुनेलाई पाँच लाख ८५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय हुनेलाई एक लाख ८५ हजार पाँच सय ५५ सहित ट्रफी र मेडल प्रदान गरिने जानकारी दिए ।

महिला तथा पुरुष दुवैतर्फ सर्वाेत्कृष्ट बन्ने खेलाडीले जनही २५ हजार सात सय ५५ पाउनेछन् भने दुवैतर्फ विधागत रुपमा उत्कृष्ट ठहरिने खेलाडीलाई जनही दश हजार सात सय ७७ रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। गत वर्ष चौथो टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लबले र महिलातर्फ एपीएफ क्लबले जितेका थिए। यस वर्षको प्रतियोगिताले थप रोमाञ्चक खेल र नयाँ च्याम्पियनको खोजी गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा दुई अन्तर्राष्ट्रिय टिमको सहभागिताले खेललाई थप रोमाञ्चक बनाउने विश्वास गरिएको प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए।

टाईगर कपमा सहभागी हुने टिमहरू (पुरूष) :
१. हेल्प नेपाल स्पोर्टस् क्लब
२. गण्डकी प्रदेश भलिबल संघ
३. श्रीलंकन भलिबल टिम
४. नेपाल पुलिस क्लब
५. त्रिभुवन आर्मी क्लब
६. नेपाल एपीएफ क्लब

टाईगर कपमा सहभागी हुने टिमहरू (महिला) :
१. नेपाल एपीएफ क्लब
२. टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब
३. त्रिभुवन आर्मी क्लब
४. नेपाल पुलिस क्लब
५. टाईगर ग्रुप अफ पोखरा नेपाल
६. युनाईटेड प्यासन भलिबल क्लब, थाईल्याण्ड

१ माघ २०८१, मंगलवार २०:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा