Play

जयश्री फुड्स प्रालिका महाप्रबन्धक अग्रवाल सहारा एकेडेमीमा

गुरुकुल खबर


पोखरा, सहारा क्लब पोखरा २४ औं आहारारा पोखरा गोल्डकपको तयारीमा रहँदा उक्त प्रतियोगिताको सह प्रायोजक जयश्री फुड्स प्रालिका महाप्रबन्धक अमित अग्रवालले सहारा एकेडेमीको अवलोकन गरेका छन् ।

नवलपुरस्थित जयश्री फुड्स प्रालिका महाप्रबन्धक अग्रवालले पोखराको दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको अवलोकन र एकेडेमीका बालकहरुसँग भेटघाट गरेका हुन् । उनले सहाराको पवित्र कार्यको प्रशंसा गर्दै आगामी दिनमा कम्पनीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनलाई सहारा एकेडेमीमा क्लब अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष वीरभद्र आचार्य, केशवबहादुर थापा, प्रतियोगिताको अर्थ संकलन उपसमिति संयोजक एवं सहारा क्लबका सल्लाहकार सुनिल गुरुङलगायतले पुष्पगुच्छा प्रदान गरी स्वागत सम्मान गरेका थिए ।

सो अवसरमा क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङ, बिनु राना मगर, पूर्व कोषाध्यक्ष राजु लालचन, कार्य समिति सदस्य अमर राजभण्डारी, रोजिना गुरुङ र अग्रज फोटो पत्रकार सुदर्शन रन्जितलगायत उपस्थित थिए ।

क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा आरारा गोल्डकप संचालन गर्दैछ । प्रतियोगिताको बचत रकम क्लबले सहारा एकेडेमीमा खर्चिंदै आएको छ। सहारा एकेडेमीमा हाल चौथो ब्याजको रुपमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।

२८ पुष २०८१, आईतवार २०:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा