पोखरा, पोखरा महानगरपालिका -२३ घडेरी, चापाकोटका धार्मिक सामाजिक एबम ब्यबसायिक व्यक्तित्व तिलक पराजुलीको ७७ बर्षको उमेरमा आइतबार बिहान सबेरै निधन भएको छ। तत्कालिन चापाकोट गाबिस -६ घडेरी घर भएका तिलक पराजुली पछिल्लो समय पोखरा महानगरपालिका -२४ पामेमा परिवार संग बस्दै आएका थिए।
शनिबार बेलुका सांझसम्म घरको सामान्य र नियमित काम गरेका उनको राति करिब २ बजे अप्रत्याशित रुपमा निधन भएको थियो। पराजुली घडेरीको पराजुली परिवारका जेष्ठ सदस्य मध्येका एक थिए। उनको आइतबार नै पोखराको शान्तिघाटमा अन्त्येष्टी गरिएको थियो।
स्व. पराजुलीको शबयात्रामा विभिन्न राजनीतिक दलका जिल्लास्तारिय नेताहरु, जनप्रतिनिधिहरु, ब्यबसायीहरु एबम आफन्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्व. तिलक स्थानीय पामे बजारमा गठन गरिएको पामे भजन मण्डलीका अध्यक्ष समेत थिए। उनको परिवारले पामे बजारमा गुप्तकालिका राइस मिल र किराना पसल पनि संचालन गर्दै आएको छ।
स्व. तिलक पराजुलीकी धर्मपत्नी शोभावती पराजुली, एक छोरा नबराज पराजुली र दुई छोरी भगवती लामिछाने र सावित्री भण्डारी रहेका छन। छोरा नबराज ब्यबसायका अतिरिक्त विभिन्न संघ संस्था क्लब र सहकारीमा समेत सक्रिय छन ।