Play

चापाकोटका धार्मिक एबम सामाजिक व्यक्तित्व तिलक पराजुलीको निधन

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२३  घडेरी, चापाकोटका धार्मिक सामाजिक एबम ब्यबसायिक व्यक्तित्व तिलक पराजुलीको ७७ बर्षको उमेरमा आइतबार बिहान सबेरै निधन भएको छ। तत्कालिन चापाकोट गाबिस -६ घडेरी घर भएका तिलक पराजुली पछिल्लो समय पोखरा महानगरपालिका -२४ पामेमा परिवार संग बस्दै आएका थिए।

शनिबार बेलुका सांझसम्म घरको सामान्य र नियमित काम गरेका उनको राति करिब २ बजे अप्रत्याशित रुपमा निधन भएको थियो। पराजुली घडेरीको पराजुली परिवारका जेष्ठ सदस्य मध्येका एक थिए। उनको आइतबार नै पोखराको शान्तिघाटमा अन्त्येष्टी गरिएको थियो।

स्व. पराजुलीको शबयात्रामा विभिन्न राजनीतिक दलका जिल्लास्तारिय नेताहरु, जनप्रतिनिधिहरु, ब्यबसायीहरु एबम आफन्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्व. तिलक स्थानीय पामे बजारमा गठन गरिएको पामे भजन मण्डलीका अध्यक्ष समेत थिए। उनको परिवारले पामे बजारमा गुप्तकालिका राइस मिल र किराना पसल पनि संचालन गर्दै आएको छ।

स्व. तिलक पराजुलीकी धर्मपत्नी शोभावती पराजुली, एक छोरा नबराज पराजुली र दुई छोरी  भगवती लामिछाने र सावित्री भण्डारी रहेका छन। छोरा नबराज ब्यबसायका अतिरिक्त विभिन्न संघ संस्था क्लब र सहकारीमा समेत सक्रिय छन ।

२८ पुष २०८१, आईतवार २०:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा