Play

कांग्रेसको सदस्य रहेर ताली बजाउने जिम्मा मात्र लिन पनि तयार छु तर पार्टी सम्हाल्नुपर्यो – गगन थापा

चैत्रभित्र क्रियाशील सदस्यता नबिकरण नभए पछी नबिकरण नगरिने, बिधान पारित भएपछि महाधिबेशनको प्रक्रिया शुरु हुने


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिबेशन निर्धारित समयमै हुने गरि प्रक्रिया अगाडी बढाउन पार्टीको तल्लो तहलाई निर्देशन दिएका छन निर्धारित समय अर्थात २०८२ सालमा महाधिबेशन हुने वा नहुने भन्ने अन्योल आम कार्यकर्ताहरुमा रहेको बेला महामन्त्री कोइरालाले भने यथाशिघ्र सदस्यता नबिकरण सहित बिधान संसोधन प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हुन

पोखरामा गण्डकी प्रदेशभरका जनप्रतिनिधिका निम्ति नेपाली काँग्रेस गण्डकी प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै  थापाले चैतभित्र सदस्यता नबिकरण नगर्ने हरुको सदस्यता त्यसपछि कुनै हालतमा पनि नबिकरण हुन नसक्ने चेतावननी समेत दिए ।

उनले ‘जुन जुन नेताले अधिवेशन निर्धारित समयमा कसरि होला भनेर प्रश्न गर्छ, उसको क्षेत्रमा के भइरहेको छ’ भन्ने कुरा  सार्वजनिक गरिदिने समेत महामन्त्री थापाको चेतावनी थियो । आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर अधिवेशनको मात्र कुरा गर्नेहरुलाई लक्षित् गर्दै थापाले भने।

चैतसम्म सदस्यता नबिकरण नभए नबिकरण हुन्न 

चैत मसान्तभित्र २ सय रुपैयाँ तिरेर क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने थापाले बताए । ‘चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो,’ थापाले नेता कार्यकर्तालाई भने, यदि कुनै जिल्लाले क्षेत्रलाई वा क्षेत्रले तल्लो तहलाई सदस्यता फारम दिएन भने केन्द्रले सिधै तल्लो तहलाई नयाँ फारम पठाउने र पहिले पठाएको फारम फ्रिज गरिदिने उनले चेतावनी दिए  उनको यो भनाईले पार्टीको महाधिबेशन निर्धारित समयमा गर्नुपर्ने कुरामा उनको जोड रहेको स्पष्ट हुन्छ

पञ्चायतको प्रतिबन्धित कालमा पनि पार्टी सञ्चालन गरेर आएका नेताहरुले अहिले सहज अबस्थामा पनि अधिवेशन नहुने खतरा रहेको कुरा गर्ने गरेको भन्दै थापाले आपत्ति जनाए ।

‘पार्टीका नेताहरुले बेला बेला भनेको सुन्छु, यहाँ अधिवेशनै नहुने खतरा छ । पार्टी नै डुब्ने खतरा छ,’ गगनले प्रश्न गरे, ‘कसले डुबाउँछ पार्टी ? हामी छैनौं, तपाईंहरु हुनुहुन्नँ ?’ पार्टी बाहिरबाट तर्साउने मान्छेहरूलाई सम्हाल्नुपर्ने बेलामा एकले अर्कालाई तर्साइरहेको थापाले बताए ।

उनले विधानको मस्यौदा बनाएर सुझाब लिनको लागि प्रदेश र जिल्ला जिल्लामा पठाइने जानकारी दिंदै बिधान  संशोधनको लागि ४/५ महिनाको समय लाग्ने र त्यसपछि विधान महाधिवेशन गरेर तत्काल बिधान पारित गरि महाधिवेशनको प्रक्रिया प्रारम्भ हुने दाबी गरे ।

कार्यकर्ताहरुको बाक्लो उपस्थितिरहेको उक्त कार्यक्रममा बोल्ने क्रममा थापाले आफु १५ औं महाधिबेशनमा पार्टीको सभापति उमेद्वार बन्ने वा नबन्ने भन्ने स्पष्ट बताएनन उनको पोखरा आगमन र अन्य जिल्ला दौडलाई मात्र नभएर उनका गतिबिधिका कारण आसन्न महाधिबेशनमा पार्टीको सभापतिको उमेद्वार बन्ने जो कोहिले पनि अनुमान गर्न सक्छ

तर थापाले महाधिबेशनमा आफ्कानो उमेदवारीको बारेमा स्पष्ट केहि बताएनन, थापाले भने ‘छोड्दिनुस् महाधिवेशनको कुरा । १५ औं महाधिवेशनमा यो हलको पछाडि ढोकामा बस्ने साथीजस्तै कांग्रेसको सदस्य भएर कार्यक्रममा आएर ताली बजाउनेमात्रै जिम्मा लिनुपर्छ भने पनि म तयार । तर, पार्टी सम्हाल्नुपर्‍यो ।

‘प्रत्येक कांग्रेसको सदस्य बिहानदेखि बेलुकासम्म अधिवेशन अधिवेशन भनेर मात्र लागि राख्ने हो,’ थापाको प्रश्न थियो, ‘अधिवेशन गरेर को आउँछ र हामीमध्ये कै आउने होइन ? कसलाई हराएर आउँछौं ? आफ्नै साथी हराएर आउने त हो नि।’ उनले स्पष्ट पारे।

स्टन्टबाजको बिरुद्द लाग्नुपर्यो, कार्यकर्ता अल्मलिनुभएन 

कांग्रेस महामन्त्री थापाले अहिले मुलुकमा नयाँ–नयाँ पार्टीका नाममा स्टन्टबाजहरु आएको भन्दै यो बेला झनै बढी पार्टीको नेता कार्यकर्ताहरुको जिम्मेवारी बढेको बताए   ‘एउटा नयाँ आयो आयो भनेजस्तो स्टन्टबाजहरु आएका छन्, हल्ला गरेका छन् । तपाईं हामी सबैलाई गाली गरेका छन् । तपाईंहरूले गरेको आन्दोलन र त्यसको डिफेन्स गरेका छन्, हामी सब जना अल्मलिएका छौं । अब अल्मलिनु हुँदैन,’ थापाले भने ।

कांग्रेस जस्तो बलियो आधार भएको पार्टीले देशको भविष्यको जिम्मेवारी लिनुपर्छ,’ उनले भने । महामन्त्री थापाले जनताले कांग्रेससँग अझै ठूलो अपेक्षा राखेको बताए । ‘हामीले केही काम गरेका छौं, तर त्यो पर्याप्त छैन। अझै धेरै गर्न सक्छौं भन्ने आत्मविश्वासका साथ जनतामा जानुपर्छ । हामीले जनतामा ‘कांग्रेसले गर्छ’ भन्ने विश्वास स्थापित गर्नुपर्छ,’ थापाले भने ।

नेपाली कांग्रेसका निम्ति पार्टीको अधिवेशन र २०८४ को चुनाव दुबै महत्वपूर्ण रहेको महामन्त्री थापाले बताए । केही भएन भन्ने जनतालाई बुझाउने गरी लाग्न ररिजल्ट दिन गगन निर्देशन दिए । सरकारमा बसेका साथीहरूले सरकारमा प्रदेशमा बसेकाहरूले प्रदेशमा अब सब ठाउँबाट रिजल्नुपर्ने थापाको भनाइ थियो ।

कांग्रेसमा फरक फरक पुस्ताका मानिसहरुको रहेको महामन्त्री थापाको भनाइ थियो । ५० बर्ष देखि ६५ बर्ष उमेर समुहको पुस्ताले पार्टीको संगठन निर्माणमा योगदान दिएको भएपनि त्यो पुस्ताका अधिकांश साथीहरु अबसर पाउनबाट बन्चित रहेको उनको भनाई थियो  ‘ कांग्रेसमा यसमा सहकार्य र सहअस्तित्वको भावना हुनुपर्ने उनले बताए ।

‘पार्टी सभापतिको उमेर मेरो बुवाभन्दा १० वर्ष बढी छ भने मभन्दा २ं०/२५ वर्ष कान्छा युवाको नयाँ पुस्ता नेतृत्वको प्रतीक्षामा छ । हामी सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरेर कांग्रेसलाई अझ सुदृढ बनाउनु पर्छ,’ उनले भने ।

अबको चुनाबमा घोषणापत्र हैन उपलाब्धिपत्र लिएर जनतामा जानुपर्छ

उनले नेता कार्यकर्तालाई २०८४ सालको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । अहिले कांग्रेसबाट वडा, पालिका, प्रदेश र संघमा निर्बाचित साथीहरुले सरकार चलाएको छन त्यसैले अबको चुनाबमा जनतासँग जाँदा घोषणापत्र नभएर उपलब्धिपत्र लिएर जानुपर्छ । हाम्रो पार्टीले के गरेको छ, के गर्न सक्छ भन्ने कुरा देखाएर जनताको विश्वास जित्नुपर्छ । उनले थपे ।२०८४ चुनावको जाँदा उपलब्धीपत्र लिएर जानका लागि रिजल्ट देखाउने गरी काम गर्न कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिहरुलाई थापाको निर्देशन थियो ।

उनले संबिधान संसोधन आबश्यक रहेको र छिट्टै नै प्रक्रिया शुरुहुने जानकारी दिंदै गणतन्त्र, संघियता, समाबेशिता लाई भने नचलाउने बताए जनताले चाहेको ठुलो पार्टीले अर्थात लोकप्रिय मत पाएको पार्टीले पांच बर्ष सरकार चलाउन पाउने अबस्था सिर्जना हुनुपर्ने उनको भनाई थियो उनले प्रदेशमा धेरै जनालाइ मन्त्री बनाइनु उपयुक्त नभएको भन्दै संघिय सरकारमा पनि ७/८ जना भन्दा बढी मन्त्री आबश्यक नरहेको बताए

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको नेतृत्व गर्नेले सम्पादन गरेका काम जनतासमक्ष पुग्न नसकेको बताए । उनले जनतासँग नेतृत्वको सञ्चार आवश्यक रहने भन्दै जनअपेक्षा अनुसार अझ सशक्त भएर काम गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले ३३ प्रतिशत भोट ल्याउँदा कांग्रेस दोस्रो भए पनि अहिले आएर २६ प्रतिशत भोट ल्याएर पहिलो भएको बताए । आगामी दिनमा जनतासामु जाँदा अझै परिस्कृति भएर जानुपर्नेमा उनको जोड छ ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दलहरुबिचमा हुने गरेका आरोप प्रत्यारोपको अन्त्य हुनुपर्ने बताए । उनले पार्टीबिच विश्वासको वातावरण भए राजनीतिको शाख जोगिने धारणा व्यक्त राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसको संगठनलाई बलियो बनाउन स्थानीय जनप्रतिनिधिले घोषणापत्रअनुसार काम गरी परिणाम दिनुपर्नेमा बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गण्डकी प्रदेशमा पार्टीको संगठनात्मक संरचना राम्रो भएकाले प्रदेश र स्थानीय तहमा पनि नतिजा राम्रो आएको बताए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशको स्थानीय विभाग प्रमुख पूर्णबहादुर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले कांग्रेस र स्थानीय तहका बारेमा धारणा राखेका थिए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचार विभागका उपप्रमुख शिरोमणि बरालका अनुसार गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले र हिमलाल लामिछानेले प्रजातन्त्र, पार्टी र जनप्रतिनिधिहरु सहित  स्थानीय तहको विकास र समृद्धिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

२१ पुष २०८१, आईतवार १०:२३ मा प्रकाशित
Nabintech