पोखरा, लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीको आगामी कार्यकालको लागि पदम श्रेष्ठ अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।क्लबको वार्षिक साधारण सभा तथा अधिबेशनबाट समितिको अध्यक्षमा श्रेष्ठ सहित प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद भट्टराई, द्वितीय उपाध्यक्षमा नेपाल प्रकाश अधिकारी र तृतीय उपाध्यक्षमा कल्याण तिमिल्सिना चयन भएका छन,
क्लबको सचिबमा शिवप्रसाद रिमाल, सह–सचिवमा सुर्यप्रसाद पोखरेल र कोषाध्यक्षमा कुलप्रसाद अधिकारी पनि सर्वसम्मत निर्वाचित भएका छन।
अध्यक्षमा निर्बाचित भएपछि श्रेष्ठले आफ्नो कार्यकाललाई सफल बनाउन क्लबका पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य एवं सल्लाहकारहरूको साथ र सहयोग अपरिहार्य रहने बताउँदै क्लबमार्फत सामाजिक सेवा, मानव कल्याण तथा समुदाय विकासका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने बताए।
कार्यक्रमका प्रमुख अतिथि एवं क्लबका संस्थापक अध्यक्ष समेत रहेका इन्टरनेशनल एडभाइजर डोलराज पोखरेलले ‘आफ्नो लागि सबैले गर्छन्, अरूका लागि केही गरौँ’ भन्ने मूल भावनाका साथ क्लब स्थापना भएको जानकारी दिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू कृष्णराज पराजुली, मोहदत्त भुषाल, नरेश सुवेदी र शक्ति बराल लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै आफ्ना भनाई राखेका थिए। क्लबका वर्तमान अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन डिस्ट्रिक्ट जोन चियरपर्सन नरेश सुवेदीले गरेका थिए।














