Play

अमेरिकामा बन्दुकधारी पिकअप ट्रकका चालकको लापरबाही : कम्तिमा दशको मृत्यु, दर्जनौं घाइते

गुरुकुल खबर


अमेरिका, अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहान एक पिकअप ट्रक चालकले जानाजानी १० जनाको हत्या गरेका छन् । न्यू अर्लिन्सको लोकप्रिय बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड थियो, त्यही बेला पिकअप ट्रक भीडमा घुसेर मानिसहरूलाई किच्दै अघि बढेको थियो ।

प्रहरीका अनुसार कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् । प्रहरीका अनुसार चालकले जानाजानी ट्रक भीडमा छिराएका थिए र त्यसपछि गाडी भित्रबाट गोली चलाउन थाले ।

अमेरिकी मिडियाका अनुसार सन्दिग्ध ट्रक चालकलाई प्रहरीले गोली हानेको छ । स्थानीय पुलिस प्रमुख एनी किर्क प्याट्रिकका अनुसार संदिग्धले धेरै तीव्र गतिमा पिकअप ट्रक चलाएका थिए र सकेसम्म धेरै मानिसहरूलाई किच्ने प्रयास गरेका थिए।

उनले भने, ‘यो घटना स्थानीय समय अनुसार बिहान ३:१५ बजे भएको हो। उनले ब्यारिकेडमा पनि प्रहार गरे र त्यसपछि गोली चलाएर दुई प्रहरी अधिकारीलाई घाइते बनाए।”

न्यू अर्लिन्सका प्रहरी अधिकारी एनी किर्कप्याट्रिकका अनुसार संदिग्ध चालकले सकेसम्म धेरै मानिसहरूलाई मार्न चाहन्थे। यस घटनाको अनुसन्धान एफबीआईले गरेको छ । यो आतंकवादी हमला हो कि होइन भन्ने कोणबाट पनि सम्पूर्ण मामिलाको अनुसन्धान भइरहेको छ ।

१७ पुष २०८१, बुधबार २२:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा