Play

खुल्ला प्रतिष्पर्धामा महिला: गण्डकी र कोशीको महासचिब, केन्द्र र चार जिल्ला शाखाको अध्यक्षमा बिजयी

गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघको यस पटकको निर्बाचनमा महिला पत्रकारहरु आरक्षण बाहेकको महत्वपुर्ण पदमा बिजय प्राप्त गरेर खुल्ला प्रतिष्पर्धा गर्न सक्षम छन भन्ने सन्देश दिन सफल भएका छन । महासंघको केन्द्रीय अध्यक्षमा निर्मला शर्मा मात्र नभएर विभिन्न प्रदेशको महासचिब र विभिन्न जिल्लाको अध्यक्ष सहित खुल्ला सदस्यहरुमा समेत महिला पत्रकारहरुले प्रतिष्पर्धा गरेर बिजय प्राप्त गरेका छन।

महासंघको केन्द्र, प्रदेश र जिल्ला समितिहरुमा महिला उपाध्यक्ष सहित केहि सदस्यमा महिलाको सहभागिता सुनिस्चित गरिएको कारण ति पदमा भने महिलाहरु बीचमात्र प्रतिष्पर्धा हुने गरेको छ। यसपटक केन्द्रिय समितिको महिला उपाध्यक्षमा नितु पण्डित बिजयी भएकी छन ।

महासंघको गण्डकी प्रदेशको महासचिबमा पोखरामा रहेर पत्रकारिता गरिरहेकी जमुना शर्मा वर्षाले बिजय प्राप्त गरेकी छन। उनि लामो समय देखि छापा सहित अनलाइन र रेडियो पत्रकारितामा सक्रिय छन। पछिल्लो समय राष्ट्रिय समाचार समितिको सम्बाददाता र रेडियो जननीमा कार्यरत जमुनाले पोखरा एक्सप्रेस पत्रिकामा सम्पादक रहेर काम गरेकी थिईन। उनि नेपाल पत्रकार महासंघ कास्कीको निबर्तमान उपाध्यक्ष समेत हुन । जमुना प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलमा चौतारीको तर्फबाट उमेद्वार थिइन् ।

उनले प्रतिद्वन्दी दिपक परियारलाई पराजित गरेर गण्डकी प्रदेशको महासचिबमा बिजय प्राप्त गरेकी हुन्। जमुनाले ३ सय४७ मत र दिपकले २ सय ३१ मत प्राप्त गरेका थिए। उनि प्रेस सेन्टर सहितका अन्य संगठनको तर्फबाट उमेद्वार बनेका थिए । दिपक पनि पोखरामा रहेर पत्रकारितामा सक्रिय छन् उनि कंतिपुर पब्लिकेसनमा आबद्द छन।

कोशी प्रदेशको महासचिबमा धनकुटाकी पत्रकार हिमा चेम्जोंगले बिजय प्राप्त गरेकी छन। नेपाल प्रेस युनियन धनकुटाको अध्यक्ष रहेर काम गरिसकेकी हिमाले यस अगाडी पत्रकार महासंघको कोशी प्रदेशको महिला उपाध्यक्ष रहेकोमा यस पटक कार्यकारी पदमा रहेर काम गर्ने भन्दै महासचिबमा उमेद्वार बनेकी हुन। लामो समयदेखि पत्रकारितामा सक्रिय रहेकी हिमा हुलाकीपत्र अनलाइनमा आबद्द छिन।  उनको परिवारका अन्य सदस्यपनि पत्रकारितामा संलग्न छन। उनका पति संजय सन्तोषी राई नेपाल पत्रकार महासंघको पूर्व उपसभापति हुन ।

हिमाले महासचिब पदमा उमेद्वारी दर्ता गराए लगत्तै उनकी आमाको देहाबशान भएको कारण उनि पत्रकारहरुलाई भेटेर मत माग्न समेत पाइनन। तर उनले फराकिलो मतान्तरले चुनाब जितेकी थिइन्। हिमा प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट उमेद्वार बनेकोमा उनले ६ सय ७२ मत प्राप्त गरेकी थिईन भने उनका प्रतिद्वन्दी अमृत बाँस्तोलाले २ सय ७२ र अर्का उमेद्वार राजेन्द्र राईले १ सय मत प्राप्त गरेका थिए। बाँस्तोला प्रेस युनियनबाट बिद्रोही उमेद्वार बनेका थिए भने राई प्रेस सेन्टरको सदस्य हुन।

यसका साथै यस पटक विभिन्न जिल्लाको अध्यक्ष पदमा समेत महिलाहरु उमेद्वार बनेको थिए। जस अनुसार काठमाडौँमा शोभा अर्यालले अध्यक्ष पदमा विजय प्राप्त गरेकी छन् भने मोरंग जिल्लाको अध्यक्षमा सुशिला पाठक निर्बाचित भएकी छन्। रोल्पामा खुबिना सुनारी मगर अध्यक्ष पदमा निर्बाचित हुँदा मुस्तांगमा सुनदेवी रसाइली पनि अध्यक्षमा सर्बसम्मत निर्बाचित भएकी छन। मोरंग जिल्लाको अध्यक्षमा निर्बाचित सुशिला नेपाल प्रेस युनियनको तर्फबाट उमेद्वार बनेकी हुन भने रोल्पाको अध्यक्ष्मा निर्बाचित खुबिना प्रेस सेन्टरबाट र मुस्तांगको अध्यक्ष निर्बाचित सुनदेवी प्रेस चौतारीको तर्फबाट उमेद्वार बनेकी हुन।

स्यांग्जा पत्रकार महासंघमा प्रतिक्षा काफ्लेको उमेद्वारी परेकोमा उनि भने प्रदिप कोइराला संग पराजित भएकी छन। कोइराला नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष समेत हुन। उनि प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट उमेद्वार बनेका थिए भने काफ्ले प्रेस सेन्टरको तर्फबाट उमेद्वार बनेकी थिईन।

नेपाल पत्रकार महासंघ कास्कीको खुल्ला सदस्यमा प्रतिष्पर्धा गरेर बालकुमारी पौडेल ‘तारा’ बिजयी भएकी छन् । उनि खुल्ला सदस्यमा प्रतिष्पर्धा गर्ने एक्लो महिला पत्रकार थिईन।

 

३० मंसिर २०८१, आईतवार २१:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा