Play

पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्ष सहित विभिन्न पदमा माओबादी निकट प्रेस सेन्टरका उमेदवार बिजयी

गुरुकुल खबर


काठमाडौँ,  नेपाल पत्रकार महासंघको मंसिर २८ गते शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा माओबादी निकट प्रेस सेन्टर नेपालको तर्फबाट उम्मेद्वार बनेकाहरुमध्ये केन्द्रीय समितिको कोषाध्यक्ष सहित केन्द्रीय समितिमा छ जना, बिभिन्न प्रदेशहरुमध्ये तिनवटा प्रदेशका अध्यक्ष र १५ वटा जिल्ला शाखाका अध्यक्षमा बिजय प्राप्त गरेको जनाएको छ।

नेपाली काँग्रेस र नेकपा एमाले निकट पत्रकारहरुका संस्था नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको तर्फबाट उमेद्वार बन्नेहरुको सहज जीतको अनुमान गरिएको भएपनि प्रेस सेन्टरले केन्द्रीय कोषाध्यक्ष सहित केहि केन्द्रीय सदस्य र जिल्ला एबम प्रदेश समितिमा समेत जीत हासिल गर्नुलाई उपलब्धिको रुपमा लिएको जनाएको छ।

संख्यात्मक हिसाबले हेर्दा प्रेस चौतारी र प्रेस युनियनको सबैतिर जीत हुने अनुमान गरिएकोमा केहि ठाउमा माओबादी निकट प्रेस सेन्टरले जित्नुलाई कतिपयले आश्चर्यको रुपमा समेत लिएका छन।

प्रेस सेन्टरका नेता उदय जीएमले दिएको जानकारी अनुसार प्रेस सेन्टरको तर्फबाट उमेद्वार बनेर बिजयी केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुको नामावली यस प्रकार रहेको छ।

केन्द्रीय समितिमा निर्वाचित
१. रामकृष्ण अधिकारी (कोषाध्यक्ष)
२. वीरेन्द्र वली केन्द्रीय सदस्य, (प्रतिष्ठान प्रदेश)
३.. सूर्य सुवेदी (केन्द्रीय सदस्य, उपत्यका प्रदेश)
४. अर्जुन पन्त (केन्द्रीय सदस्य, उपत्यका प्रदेश)
५. रीता बुढाथोकी (केन्द्रीय सदस्य)
६. राजु विक (केन्द्रीय सदस्य, मधेस प्रदेश)

प्रदेश अध्यक्षमा निर्बाचित
१ कृष्ण सारुमगर (बागमती प्रदेश)
२. रोयल आचार्य (एशोसियट प्रदेश)
३. टेनिस रोका (उपत्यका प्रदेश)

जिल्ला अध्यक्षमा निर्बाचित
१. शोभा अर्याल (काठमाडौं)
२. खुबिना सुनारी मगर (रोल्पा)
३. रामहरि कार्की (ललितपुर)
४. गोपाल रेग्मी (रुकुम पश्चिम)
५. वसन्त बाँठा मगर (रुकुम पूर्व)
६. निर्मल घिमिरे (बर्दिया)
७. डिलाराम भुसाल (कपिलवस्तु)
८. डिल्लीराज रावत (सल्यान)
९. राम थापा (बागलुङ)
१०. पूर्णप्रसाद चौलागाईं (जुम्ला)
११. केशवप्रसाद पौडेल (रसुवा)
१२. महेश दास (महोत्तरी)
१३. अमर सुनार (दैलेख)
१४. ओमप्रकाश खनाल (पर्सा)
१५. रामहरि गजुरेल (नुवाकोट)

३० मंसिर २०८१, आईतवार २०:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा