Play

गण्डकी प्रदेशका दश उद्यमीलाई सम्मान, उद्योग ब्यबसाय मैत्री बाताबरण दिन सकेनौं-मन्त्री बस्याल

गुरुकुल खबर


पोखरा, दशौं राष्ट्रिय औद्योगिक दिवशको सन्दर्भ पारेर गण्डकी प्रदेश भित्र विभिन्न उद्योग संचालन गर्ने १० जना उद्यमी लाई सम्मान गरिएको छ । पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीले पोखरा औद्योगिक क्षेत्रमा आयोजना गरेको एक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने उद्योगीहरुमा ठुला उद्योग संचालन गर्ने उद्यामी देखि स्टार्टअप ब्यबसाय संचालन गर्नेहरु समेत रहेका छन ।

कार्यक्रममा युवा व्यवसायी विधाबाट पोखरा नुडल्स/पोखरा फुड्स प्रालिका श्रीराम पाण्डे, ठूला उद्योग, अधिक उत्पादन तथा रोजगार विधाबाट सुजल फुड्स प्रालिका सुनिल श्रेष्ठ, पुस्तान्तरण पुराना व्यवसाय निरन्तरता विधाबाट गण्डकी ह्युम पाइप/गण्डकी जीआई वायर इन्डष्ट्रिज प्रालिका प्रतिक अधिकारी, पर्यटन क्षेत्र विधाबाट रुपाकोट रिसोर्टका पुष्पराज अधिकारी, नविनतम प्रविधि विधाबाट गोशली प्रिन्त्तिंग प्याक प्रालिका सुनिल गोशली, वातावरण संरक्षण विधाबाट हिमालयन लाईफ प्लाष्टिक उद्योगका प्रकाश भारती, हस्तकला विधाबाट जय सन्तोषी माताकी पम्फा थापा, कृषि विधाबाट कृषि पालुङ पोल्ट्रि एण्ड फिसरीका डा. आशेष भट्टराई र स्टाटप व्यवसायी विधाबाट गाजा वेकरी तथा विस्कूट उद्योगका चानसिंह श्रीस सम्मानित भएका छन् ।

गण्डकी प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, मन्त्रालयका सचिव कुमान सिंह गुरुङ र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मी लगायतका अथितिहरुले दोसल्ला र सम्मान पत्रले उनीहरुलाई सम्मान गरेका थिए।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री बस्यालले उद्योग व्यवसायको विकासविना देशको समृद्धि नहुने बताएका छन् । उनले उद्योगी व्यवसायीलाई जुनखालको वातावरण दिनुपर्ने हो त्यस्तो वतावरण प्रदान गर्न नसकिएको स्विकार गर्दै सम्भावनाको पहिचान गरेर उद्योगी र व्यवसायी संगसंगै हिड्न जुरुरी रहेको बताए ।

मन्त्रालयका सचिव कुमानसिंह गुरुङले औद्योगिक दिवश र उपभोक्ता हित संरक्षण दिवश मन्त्रालयले मनाउने गरेको जानकारी दिंदै प्रस्तावित पुँडीटार औद्योगिक क्षेत्र र लौकाहा खोला औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अगाडि बढिरहेको समेत बताए । उनले मन्त्रालयको तर्फबाट ५ वर्षे उद्यमशील विकास रणनीति बन्ने क्रममा रहेको उमेत उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग परिषसंघ गण्डकीका अध्यक्ष विनोद शर्मा न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको तर्फबाट लक्ष्मी त्रिपाठी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख हिमाल भण्डारी, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठ, लघु, घरेलु तथा साना उद्योग महासंघका चिनु गुरुङ, कवि एवं उद्यमी ई. नारायण प्रसाद बास्तोला लगायतले सम्मानित उद्यमीलाई बधाई दिनुका साथै उद्योग क्षेत्रमा देखिएका कठिनाई र समाधानका उपाएका बारेमा बोलेका थिए । त्यस अबसरमा मन्त्रालयका उद्योग तथा पर्यटन महाशाखा प्रमुख महराज ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए

उद्योग, पर्यटन तथ उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशनालयका अधिकृत (छाटौं) विष्णुदेवी पोखरेल र शाखा अधिकृत सरिता सुवेदीले कार्यक्रमको उद्देश्य र महत्वका बारेमा जानकारी गराएका  थिए । कार्यक्रम सुरु हुनुअगाडि दिवशको अवसरमा पोखरा औद्योगिक क्षेत्र भित्र प्रभातफेरी समेत गरिएको थियो ।

९ मंसिर २०८१, आईतवार १६:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा