पोखरा, सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई कास्कीको प्रहरी हिरासतमा भेट्न नपाएको भन्दै मानवअधिकार आयोगमा उजुरी दिइएको छ ।
रास्वपाको केन्द्रीय विभागको सदस्य रहेका पोखराका उत्तमप्रसाद पौडेलले पोखरास्थित मानवअधिकार आयोगको कार्यालयमा कास्की प्रहरी बिरुद्द उजुरी दिएका हुन् । कात्तिक ३ गतेदेखि रास्वपा सभापति लामिछाने कास्की र रुपन्देहीको प्रहरी हिरासतमा छन् ।
बिहान ७ बजेदेखि ९ बजेसम्म र अपराह्न ३ देखि ५ बजेसम्मको समय हिरासतमा बस्नेहरुसंगको भेटघाटको लागि छुट्टाएको भएपनि उक्त समयमा कास्की प्रहरीमा पुग्दा आफुले भेट्न नपाएको पौडेलले उजुरीमा उल्लेख गरेका छन पौडेलको उजुरीमा, ‘ प्रक्रिया पूरा गरिसकेपछि ड्युटीमा रहेका प्रहरीले माथिको आदेश भन्दै भेट्न नदिएकोले के कति कारणले अवरोध गरिएको हो भन्नेबारे प्रश्न गर्दा जवाफ पनि नपाएकाले त्यसबारे मानब अधिकार आयोगको ध्यानाकर्षण गराउँदछु ।’ भनिएको छ
पौडेलले कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक श्याम ओलीया र प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माको साथै प्रहरी निरीक्षक अविनाश जिसीलाई सचेत गराइदिनुहुन समेत मानब अधिकार आयोगमा माग गरेका छन ।