Play

यती एयरले हरेक दिन पोखरा – भैरहवा – पोखराको उडान गर्ने, भाडा रु २,५०० कायम

गुरुकुल खबर


पोखरा, यती एयरलाइन्सले नोभेम्बर्र १२ अर्थात मंगलबारदेखि दैनिक रुपमा पोखरा – भैरहवा–पोखराको उडान सुरु गरेको जनाएको छ। प्रतिकुल मौसमका कारण समयमा केहि तलमाथि हुने भएपनि हरेक दिन बिहान भैरहवाबाट पोखराको उडान  ११ बजेर ५ मिनटमा हुने र पोखराबाट भैरहवाको उडान बिहान ११ बजेर ४५ बजे हुने गरि तय गरिएको बुझिएको छ।

यति एअरका पोखरा स्टेसन इन्चार्ज रामु लामिछानेले गुरुकुल खबरलाई जानकारी दिए अनुसार हाललाई पोखरा – भैरहवाको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

यती एयरको यो निर्णय संगै पोखराबाट भैरहवा हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल बाहिर उडान गर्ने यात्रुहरु र विभिन्न अन्तराष्ट्रिय उडानबाट भैरहवा अवतरण गरेका यात्रुहरुलाई पोखरा र आसपासका क्षेत्रमा आउन सजिलो हुने भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले  पोखरा – भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरेको यती एयरलाइन्सले जानकारी दिएको छ।

२७ कार्तिक २०८१, मंगलवार २१:४२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा