Play

मुग्लिंग नजिक सत्रकिलोमा बस र हायस ठोकिएर दुर्घटना : चारजनाको मृत्यु, चार घाइते

गुरुकुल खबर


काठमाडौँ, मुग्लिंग-चितवन सडक खण्डमा पर्ने भरतपुर महनगरपालिका – २९ सत्रकिलोमा यात्रुबाहक बस र इलेक्ट्रिक हायस एक आपसमा ठोकिएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने केहि घाइते भएका छन ।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठोकिएर दुर्घटना भएको थियो।


तस्बिर – रातोपाटी

चितवनका प्रहरी प्रवक्ता एबम प्रहरी नायब उपरिक्षक भेसराज रिजालका अनुसार हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो । सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

२३ कार्तिक २०८१, शुक्रबार ०७:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा