Play

कांग्रेस केन्द्रीय सदस्य महरलाई मातृशोक, सभापति देउबाद्वारा शोक ब्यक्त

गुरुकुल खबर


डडेल्धुरा,  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई मातृशोक परेको छ। कांग्रेसका युवा नेता  महरकी आमा ललितादेबी महरको ९६ बर्षको उमेरमा निधन भएको हो डडेल्धुरा अस्पतालमा उपचाररत रहेको अवस्थामा उपचार भैरहेको अबस्थामा वहाँको निधन भएको हो।

आइतबार बिहान भागेश्वर -३ लामिकान्डे बाट शबयात्रा शुरु गरि गर्गक्षेत्र (गैरीवागर), महाकाली, डडेल्धुरामा पुगेर स्व ललितादेबी महरको अन्त्येष्टि गरिएको थियो।

आफ्नी आमाको निधन पछि स्कुल अफ डेमोक्रेसी नेपालका अध्यक्ष समेत रहेका कांग्रेस नेता महरले सामाजिक संजाल फेसबुकमा लेखेका छन। , ” स्नेहिल करुणाको संसार हाम्री ९६ वर्षिय पुजनिय माता हामीबीच रहनु भएन । निष्कपट मायाको भुगोल अब सम्झानामा मात्र बाँकि “आमा”।

यसैबीच नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शोक बिज्ञप्ती जारी गरि गहिरो दुख प्रकट गरेका छन। ‘कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरकी ममतामयी माता ललितादेवी महरको ९६ वर्षको उमेरमा कार्तिक १० गते डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएकोमा नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गर्दछ।’ सभापति देउवाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

बिज्ञप्तीमा देउवाले ब्रह्मलीन आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसैगरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम सूचना,संचार तथा प्रचार प्रसार विभागका प्रमुख रहेका स्कुल अफ डेमोक्रेसी नेपालका पूर्व अध्यक्ष मिन बिश्वकर्माले पनि कांग्रेस नेता एबम स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरकी आमाको निधन भएकोमा दुख ब्यक्त गर्दै शोकमा रहनुभएका नेता महर सहित सम्पूर्ण परिवारजन प्रति गहिरो समबेदना प्रकट गरेका छन।

नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार विभागका सदस्य एबम स्कुल अफ डेमोक्रेसीका गण्डकी प्रदेश अध्यक्ष गंगाधर पराजुलीले पनि ब्रम्हलिन आमाको आत्माको चीर शान्तिको कामना सहित भावपूर्ण श्रद्दान्जली र शोकमा रहनुभएका कांग्रेस नेता महर सहित परिवारजनमा समबेदना प्रकट गरेका छन।

१२ कार्तिक २०८१, सोमबार १०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा