काठमाडौँ, सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यस अघि उनलाई राष्ट्रपति रामचन्द्र पौडैलले प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिएका थिए। असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।
२० आश्विन २०८१, आईतवार १७:१८ मा प्रकाशित