Play

भारतमा उत्पादन भई नेपालमा समेत बिक्रि हुने ५३ किसिमका औषधी गुणस्तरहीन

गुरुकुल खबर


पोखरा, भारतमा उत्पादन भएर नेपालमा समेत बिक्रि वितरण हुँदै आएका ५३ प्रकारका औषधी गुणस्तर चेकजाँचमा फेल भएको पाइएको छ । ज्वरो, मधुमेह, उच्च रक्तचाप, पेटमा सङ्क्रमण आदि स्वास्थ्य समस्यामा प्रयोग हुने चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन रहेको पाइएको छ ।

भारतको ‘सेन्ट्रल ड्रग्स स्ट्याण्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ (सीडीएससीओ) ले आफ्नो रिपोर्टमा भारतमै उत्पादित विभिन्न औषधि गुणस्तरहीन रहेको उल्लेख गरेको छ ।

सीडीएससीओले जारी गरेको रिपोर्ट अनुसार पारासिटामोल, पान–डी, क्याल्सियम सप्लिमेन्टसहित ५३ वटा औषधि गुणस्तर चेकजाँचमा असफल भएको जनाएको छ । यी औषधिमा भिटामिन सी र डी ३ ट्याबलेट, शेलकल, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी सफ्टजेल, मधुमेहको औषधि ग्लिमेपिराइड, उच्च रक्तचापको औषधि टेल्मिसर्टन लगायत छन् ।

यी औषधि हेटेरो ड्रग्स, अल्केम लेबोरेटरिज, हिन्दुस्तान एन्टीबायोटिक्स लिमिटेड, कर्नाटक एन्टीबायोटिक्स एन्ड फर्मास्युटिकल्स, प्योर एन्ड क्योर हेल्थकेयर र मेग लाक्ष्फसाइन्सेज लगायतका कम्पनीबाट उत्पादित हुन् ।

गुणस्तर चेकजाँचमा ५३ औषधि फेल भएको जनाइएको छ । तीमध्ये ४८ औषधि निर्धारित मानक अनुरुप नभएको पाइएको छ भने बाँकी ५ औषधि नक्कली रहेको दाबीपछि सूचीबाट हटाइएको छ ।

११ आश्विन २०८१, शुक्रबार ०६:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा