Play

अमेरिकाको क्यालिफोर्नियामा कन्सुलेट अफिस खुल्ने, टेक्सासमा पनि अफिस खोल्न माग

प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री डा आरजु राणाद्वारा प्रतिबद्दता ब्यक्त


गुरुकुल खबर


न्यूयोर्क ( अमेरिका ), अमेरिकाको क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाको प्रक्रिया अगाडी बढाइएको छ। हाल  क्यालिफोर्नियामा करिब एक लाख नेपाली छन् । अहिले नेपालको महावाणिज्य दूतावास रहेको न्युयोर्क वा वासिङ्टन डिसीमा पुगेर सेवा लिन टाढा पर्ने भएकाले क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा कन्सुलर कार्यालय खोल्न नेपाली जनसम्पर्क समिति, नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्निया लगायतका संस्थाबाट माग भैरहेको थियो ।

महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरण लगायत नेपाली समुदायले भोग्नुपरेका समस्याको धेरै हदसम्म सम्बोधन हुने भएकाले ती संस्थाहरुले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न आग्रह रहेका हुन् ।

हाल अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउबासंग अमेरिकामा रहेको नेपाली समुदायले गरेको माग बमोजिम क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाको प्रकृया अघि बढाईएको जानकारी परराष्ट्र मन्त्री राणाले नेपाली समुदायलाई दिएकी छन्।

प्रधानमन्त्री केपी ओलीले पनि अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्य दूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘तपाईंहरु ढुक्क भएर जानुहोस् । क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौँ,’ प्रम ओलीले भने। क्यालिफोर्निया राज्य विज्ञान र प्रविधिको हबका साथै सिलिकन भ्यालीसमेत भएकाले त्यसबाट नेपाल र नेपालीहरुले व्यापारिक तथा प्रविधिगत लाभ लिनसक्ने मागपत्रमा उल्लेख गरिएको छ।

यसैगरि न्यूयोर्कमा नेपाली समुदायका अगुवाहरुसंगको भेटमा नेपालीहरुको बाक्लो उपस्थिति रहेका क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाको प्रकृया अघि बढाईएको परराष्ट्र मन्त्री डा. आरजु राणाले जानकारी दिएकी हुन् । परराष्ट्र मन्त्री डा. राणाले अमेरिकाको टेक्ससमा पनि कन्सुलेट अफिस स्थापना गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।

परराष्ट्र मन्त्री डा. राणासंगको भेटमा नेपाली समुदायहरुका तर्फबाट टेक्सस र क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापना गर्न आग्रह गरिएकोमा मन्त्री राणाले दुवै बिषयलाई सकारात्मक रुपमा लिएको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एबम कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले  गुरुकुल खबरलाई जानकारी दिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति बिष्टको नेतृत्वमा गएका क्यालिफोर्निया र टेक्ससका नेपाली समुदायका अगुवाहरुले परराष्ट्र मन्त्री डा.राणासंग टेक्सस र क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाका लागि आग्रह गरेका थिए ।

भेटघाटमा क्यालिफोर्निया जनसम्पर्क समितिका केन्द्रीय सदस्य चन्द्र धिताल, समितिका महासचिव मुनेन्द्र नेम्वाङ, समितिका केन्द्रीय सल्लाहकार, उत्तम कार्की, समितिको क्यालिफोर्निया च्याप्टरका सभापति नारायण खनाल, नेपाली समुदायका अगुवा प्रतेश कार्की, कांग्रेस नेत्री मृदुला कोईराला, श्यामकाजी गुरुङ, सुरेश हमाल, श्रीराम थापा, टेक्सस च्याप्टरका सभापति ज्ञानेन्द्र बहादुर कार्की, महासचिव दिनेश शर्मा, बादल भुजेल, लगायतले परराष्ट्र मन्त्री डा. राणासंग कन्सुलेट अफिस स्थापनाका लागि आग्रह गरेका थिए ।

डा. प्रकाश शरण महत परराष्ट्र मन्त्री रहेको समयमा क्यालिफोर्नियामा कन्सुलेट अफिस स्थापनाको पहल शुरु गरिएको थियो ।

उक्त भेटघाटमा नेपाली जन सम्पर्क समितिका सभापति बिष्टले परराष्ट्र मन्त्री डा. राणाले क्यालिफोर्नियासंगै टेक्ससमा कन्सुलेट अफिस स्थापना गर्ने प्रकृया अघि बढाउने प्रतिबद्धता गर्नुभएकोमा नेपाली समुदायका तर्फबाट धन्यवाद ज्ञापन गरे ।

उक्त समितिले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर सोही माग राख्नुका साथै क्यालिफोर्निया भ्रमणको निमन्त्रणा दिएको थियो ।

८ आश्विन २०८१, मंगलवार १३:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा