Play

मेडिकल ब्यबसायी दुर्गा प्रसाईंलाई बल प्रयोग गरि निवासबाटै पक्राउ

गुरुकुल खबर


पोखरा, प्रहरीले मेडिकल ब्यबसायी दुर्गा प्रसाईंलाई उनको निबासबाट बल प्रयोग गरि पक्राउ गरेको छ।

आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरेको डिआइजी नवीन्द अर्यालले जानकारी दिएका छन।  कमेराटार स्थित प्रसाई निबासमा पुगेको प्रहरीले एक घण्टाको प्रयासपछि मात्र उनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

प्रसाईंले आफ्नो निबास बाहिर गएका प्रहरीलाई घर भित्र छिर्न दिएका थिएनन ढोका थुनेर घर भित्र बसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले बल प्रयोग गरेरै गिरफ्तार गरेको छ । डिएसपी नेतृत्वमा खटिएको टोलीले भर्याङ्गको प्रयोग गरेर कम्पाउण्ड भित्र प्रवेश गरी प्रसाईलाई नियन्त्रणमा लिएको हो ।

गत बुधबार उनीसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो।

प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पुर्जी जारी भएको भएपनि अन्य दुई जना पक्राउ परेको वा नपरेको भन्ने अझै जानकारीमा आएको छैन। उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको हो।

६ आश्विन २०८१, आईतवार १५:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा