Play

कांग्रेसको केन्द्रीय विभागमा मनोनयन जारी, कास्कीबाट माया, लक्की र सुरेन्द्र विभागको सदस्य

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान बमोजिम पार्टीका विभिन्न बिभागमा सदस्यहरुको मनोनयन गर्ने कार्यलाई निरन्तरता दिएका छन । पार्टीका विभिन्न विभागहरुमध्ये केन्द्रीय सूचना, संचार तथा प्रचार प्रसार बिभागलाई १ वर्ष अघि नै पूर्णता दिईएको भएपनि अन्य बिभागलाई भने पूर्णता दिईएको छैन तर पनि विभिन्न विभागमा सदस्यहरुको मनोनयन गर्ने कामले निरन्तरता पाइरहेको छ।

पछिल्लो पटक सभापति देउबाले पार्टीका केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको नेपाली कांग्रेस मानव अधिकार विभागको सदस्यमा कास्कीकी माया बराल सहित १० जनालाई मनोनयन गरेका छन । बराल नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि एबम नेपाल महिला संघकी नेत्री पनि हुन।

मानब अधिकार विभागको सदस्यमा मनोनित हुने अन्यमा झापाकी सर्मिला अधिकारी, धनकुटाका दुर्गाबहादुर सुवेदी, लम्जुंगका डा. वासुदेव गिरी, बाराका कृष्ण चौधरी, काठमाडौँका रोहित पौडेल, मकवानपुरका रामकृष्ण प्रजा, रोल्पाका मोहन परियार, जाजरकोटका चन्द्रप्रकाश अधिकारी र कन्चनपुरका पुष्पराज पाण्डे रहेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

यसै गरि कांग्रेस सभापति देउबाले पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभागमा कास्की पोखराका सुरेन्द्रनाथ शर्मा सहित अन्यलाई सदस्य मनोनित गरेका छन। शर्मा लामो समय बैंकिंग क्षेत्रमा संलग्न थिए । नेविसंघको राजनीतिमा समेत लागेका पोखरा -३० का शर्मा सहित उक्त विभागको सदस्यमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरन्जिबी नेपाल- पाल्पा, भीमकुमार चौधरी – मोरंग, गणेश यादब – धनुषा, धरम ब्लोन लामा – काठमाडौँ, बिष्णुप्रसाद घोरशैनी – सिन्धुपाल्चोक, ध्रुब पुन- रुकुमपूर्व, दीलमान चन्द – सल्यान, दिनेश जोशी- कैलाली र लक्ष्मी शाह- अछाम रहेका छन।

सभापति देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्यआङ्गेलु शेर्पा प्रमुख रहेको नेपाली कांग्रेस पर्यटन विभागको सदस्यमा कास्की पोखराकी लक्की कार्की सहित अन्यलाई मनोनित गरेका छन। सदस्य मनोनित कार्की पोखरामा रहेर होटल , ट्राभल एबम ट्रेकिंग लगायतका पर्यटन ब्यबसाय र महिला शसक्तिकरणको क्षेत्रमा लामो समय देखि क्रियाशील छन कार्की सहित खुम सुवेदी- धादिङ, बीरबहादुर महरा – कञ्चनपुर, दिपेन्द्र पाण्डे ‘कपिल’- गोरखा, छिरिङ डोल्मा शेर्पा- दोलखा, दिनेश मगर- ओखलढुंगा, यज्ञमूर्ति आचार्य – अर्घाखाँची, रामप्रसाद पञ्जियार- धनुषा, ईश्वर लामिछाने- स्याङ्जा र जंगबहादुर लामा- हुम्ला पनि पर्यटन विभागको सदस्यमा मनोनित भएका छन।

यसैगरि नेपाली कांग्रेसका सभापति देउवाले नेपाली कांग्रेसको विधान बमोजिम पार्टीका केन्द्रीय सदस्य अजयवावु शिवाकोटी प्रमुख रहेको नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको सदस्यमा पूर्णलाल श्रेष्ठ- काठमाडौं, पुष्पराज जोशी- कैलाली, डा. राजेन्द्र श्रेष्ठ – दोलखा, नृप साउँद – अछाम, ई. प्रकाश राय- महोत्तरी, महेन्द्र लामा- सिन्धुपाल्चोक, विपिन किरण-  सुनसरी,  ई. आयुष गौतम – अर्घाखाँची, चन्दा क्षेत्री- स्याङ्जा र प्रविण ददेल- रूकुम (पश्चिम) लाई मनोनित गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

यसै गरि सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको नेपाली कांग्रेस साहित्य, कला तथा संस्कृति विभागको सदस्यमा पनि विभिन्न व्यक्तिहरुलाई मनोनयन गरेका छन । मनोनित हुनेहरुमा यज्ञराज उपाध्याय-अछाम, राजेन्द्र खत्री- काठमाडौं, रविन्द्र खड्का- काभ्रेपलाञ्चोक, रमेश कोइराला- चितवन, चन्द्र शर्मा- दाङ, सरोज भण्डारी- तनहुँ, रिसबदेव घिमिरे- ललितपुर, शान्ति सदा- सिरहा, देशु सुहाङ्ग- पाँचथर र गणेश हमाल – दैलेख रहेका छन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवाशी समन्वय विभागमा सिराहाका रामेश्वर शाह, रुपन्देहीका यदुनाथ पाण्डे, मोरंगका शुभाष लोहनी, झापाका बिज्ञान प्रसाईं, ताप्लेजुंगका राम बहादुर लिम्बु, झापाका नबिन पोखरेल, पर्बतका कृष्ण प्रसाद लम्साल, दैलेखका पूर्ण कोइराला, काठमाडौँकी उमा कार्की र कैलालीका बालकुमार सुनारलाई सदस्य मनोनित गरेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

नेपाली काँग्रेसले पार्टीको केन्द्रीय सूचना, संचार तथा प्रचार प्रसार बिभाग भने १ बर्ष अगाडि नै गठन गरेको थियो केन्द्रीय सदस्य मिन बहादुर बिश्वकर्मा प्रमुख रहेको उक्त विभागमा कास्कीबाट गंगाधर पराजुली र राजबहादुर गुरुङलाई सदस्यमा मनोनित गरिएको छ विभागमा देशका विभिन्न जिल्लाबाट सदस्यहरु मनोनित गरिएको छ।

३ आश्विन २०८१, बिहीबार २०:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा