Play

प्रधानमन्त्री ओली शुक्रबार अमेरिका जाँदै, संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

गुरुकुल खबर


पोखरा,  प्रधानमन्त्री केपी शर्मा ओली आउँदो शुक्रबार अमेरिका जाने भएका छन् । अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली असोज ८ गते राष्ट्रसंघको ७९औँ महासभाको उद्घाटन कार्यक्रममा सहभागी हुने र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आउने पाहुनाको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा  सहभागी हुने कार्यक्रम तय भएको छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अति कम विकसित राष्ट्रहरूको समूह (एलडीसी)को विश्व समन्वय ब्युरोको अध्यक्षको रूपमा एलडीसी सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

असोज ७ गते प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रवचन दिनेछन् । प्रधानमन्त्री ओलीको असोज ११ गते हार्वर्ड विश्वविद्यालयमा ‘नेपालको दृष्टिकोण : संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म’ भन्ने विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने परराष्ट्रको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यहाँ नेपाली समुदायसंग समेत भेटघाट गरि नेपालीहरुको बिबिध समस्याको बारेमा समेत प्रम ओलीले जानकारी लिने कार्यक्रम समेत रहेको बुझिएको छ।

२ आश्विन २०८१, बुधबार २१:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा