Play

पोउबासंघमा पांचजना पदाधिकारी सहित आठजना निर्बिरोध

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग बाणिज्य संघको आसन्न महाधिबेशनबाट नयाँ कार्यसमितिको लागि निर्बाचित हुने कार्यसमितिमा आठ जना निर्बिरोध भएका छन।

जस अनुसार संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य, उद्योग तर्फको उपाध्यक्षमा दिनेश बाँस्तोला, बाणिज्य तर्फको उपाध्यक्षमा बलराम आचार्य, महासचिबमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ रहेका छन। बाणिज्य तर्फको उपाध्यक्षमा उमेद्वारी दिएका रामेश्वर अधिकारीले उमेद्वारी फिर्ता लिएपछि बलराम आचार्य पनि निर्बिरोध भएका हुन

यसै गरि कार्यसमितिको सदस्यहरुमध्ये कर्पोरेट सदस्य तर्फ बन्दना केसी र राम कंडेल तथा औधोगिक सदस्यमा एक नारायण पौडेल पनि निर्बिरोध भएका छन।

संघको अध्यक्षमा भने हालका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र पूर्व महासचिब अर्जुन पोखरेल बीच प्रतिस्पर्धा हुँदै छ।

उपमहासचिव पदमा बालकृष्ण कोइराला र सुदीप प्रधानाङ्गको बीच प्रतिष्पर्धा हुने भएको छ यसबाहेक चारजना वस्तुगत संघ तर्फको सदस्य पदका लागि भने ७ जना प्रतिस्पर्धा हुने भएको छ ।

वस्तुगत तर्फबाट सदस्य पदका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि पनि १४ जनाले उमेद्वारी दर्ता गराएका छन ।

कार्यसमिति सदस्यका निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ (आशीष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले उमेद्वारी दर्ता गराएका छन।

 

१९ भाद्र २०८१, बुधबार १८:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा