Play

विभिन्न बैंकबाट ४० अर्ब रुपैया तान्दै नेपाल राष्ट्र बैंक

गुरुकुल खबर


पोखरा, नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ। बुधबार निक्षेप संकलन विधिबाट २१ दिनको लागि राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ प्रणालीबाट उठाउन लागेको हो।

यसअघि गत भदौ १२ गते पनि राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् ४० अर्ब रूपैयाँ उठाउन आह्वान गरेकोमा बैंकहरूले २१ अर्ब राखेका थिए। बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजमा यो रकम राखेका हुन्।

भदौ १८ सम्ममा राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा अन्तर्गत पटक–पटक गरेर ५५ खर्ब ५४ अर्ब रूपैयाँ उठाएको छ। यसमध्ये एक खर्ब ४५ अर्ब रूपैयाँ बैंकिङ प्रणालीमा फिर्ता हुन बाँकी छ।

त्यस्तै, विभिन्न उपकरणमार्फत् बैंकिङ प्रणालीबाट तानेको मध्ये कुल दुई खर्ब ९० अर्ब रूपैयाँ राष्ट्र बैंकमै छ। यो भदौ १८ गतेसम्मको तथ्यांक हो।

१९ भाद्र २०८१, बुधबार १३:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा